२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात शुल्कमा उल्लेख्य कटौती गर्ने सहमति गरेका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले लगाएको कर ९० दिनका लागि ११५ प्रतिशतले घटाउने सहमति भएको हाे।
दुई देशबीच स्वीट्जरल्यान्डमा भएको पहिलो वार्तापछि गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट हुने आयातमा घोषणा गरेको उच्च आयात शुल्क घटाउने सहमति भएको छ ।
सहमतिको घोषणासँगै विश्वभरि शेअर बजार उकालो लागेको छ। गत महिना चर्को आयात शुल्क घोषणा भएपछि वित्तीय क्षेत्रमा उथलपुथल सिर्जना भएको थियो। जसले विश्वव्यापी मन्दीको चिन्ता समेत जन्माएको बीबीसी समाचारले जनाएकाे छ ।
