३ जेष्ठ २०८२/झापा
झापाका विभिन्न पालिकाका किसानलाई माछा पालनका लागि ३ दिने तालिम प्रदान गरिएकाे छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा जोन कार्याक्रमको आयोजनामा शनिवार सम्पन्न भएको ३ दिने तालिमले माछा पाल्दै आएका किसानलाई कसरी माछा उत्पादन बृद्धि गर्ने भन्ने विषयमा प्रविधि र जैविक विधिबारे ज्ञान तथा शीप प्रदान गरिएको छ ।
झापाको कमल गाउँपालिका वडा नंं ६ फादेन कृषि फार्ममा भएको तालिमले व्यवसायिकरुपमा माछा पालन गर्दै आएका किसानलाई कम लागतमा गुणस्तर र धेरै माछा उत्पादनबारे जैविक विधि तथा यान्त्रिकरणबारे ज्ञान प्रदान गरिएकाे तालिमका सहजकर्ता भेटरनरी अस्पताल तथा पशु विज्ञ केन्द्र विराटनगरका सहायक मत्स्य विकास अधिकृत लाक्पा भुटियाले बताउनु भयाे।
जिल्लामा पहिलो पटक माछा जोन कार्याक्रम परियोजना मार्फत संचालन भएकाले यो पटक अझै धेरै किसानलाई समेट्न नसकेकाले थप कार्याक्रम बढाउँदै लानु पर्ने माछा जोन समन्वय कार्याक्रमका संयोजक दुर्गा प्रसाद सेंढाइले बताउनु भयो । याे बर्ष पहिलाे पटक परियाेजना मार्फत माछा जाेन कार्यक्रम संचालन भएकाले धेरै किसान समेटिन नसकेकाे उहाँले बताउनु भयाे ।
चालु आर्थिक बर्षमा माछा ब्लक संचालनका लागि १ कराेड ७० लाख हाराहारी बजेटमा नयाँ पाेखरी विस्तार, प्रविधि हस्तान्तरण, सिंचाइ लगायत कार्यक्रम संचालन हुँदै आएकाे परियाेजना कार्यन्वयन इकाइका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयाे  ।
दमक, कमल, शिवसताक्षी, गौरादह र गौरीगंज लगायतका पालिकाबाट सहभागी किसानले माछा पालनमा रहेको समस्या समाधानका लागि तालिम उपयोगी भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *