४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट ल्याईएको स्याउ बाेकेकाे गाडीमा सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा  सुन बरामत गरिएकाे हो ।  पक्राउ पर्नेमा गोसाँईकुण्ड गाँउपालिका वडा नं. ५ का  गाडी चालक किशोर भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार  बा ४ ख ६२०१ नम्बर स्याउको कन्टेनर गाडीमा फल्स बटम बनाई लुकाएर ल्याउँदै गर्दा जाँचचेक गर्नेक्रममा सुन फेला पारेको जिल्लाका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिनु भयाे ।

नेपालमा यस अघि पनि सुन लुकाइ छिपाइ ल्याउने अवैध काम हुँदै अाएकाे छ । आइतबार दिउँसाे बरामद सुनकाे मालिक पनि काे हाे भन्ने कुरा थाहा नभएकाे र अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *