५ जेष्ठ २०८२/डिकेश लामा
कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको कमलमा रहेको प्रदेश स्तरीय ५० वेड क्षमताको अस्पताल संचालनका लागि अन्य छिमेकी पालिकाले समेत सहयोग गर्नु पर्ने अस्पतालले आयोजना गरिएको सामाजिक परिक्षण कार्याक्रमका बक्ताहरुले बताएका छन् ।
झण्डै २५ करोड लगानीमा ३ बर्ष देखि संचालनमा आएको अस्पतालमा पछिल्लो समय जटिल रोगको उपचार समेत प्राकृतिक पञ्चकर्म, क्षार सुत्र र अपरेशन विधिबाट हुन थालेको छ । तर प्रचार प्रसार र स्थानीय सरकारको समन्वयको अभाव रहेकाले यस प्रति सवै जनाले हातेमालो गर्नु पर्ने अस्पतालका अध्यक्ष तथा झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले बताउनु भयो ।

बरालका अनुसार जनशक्तिकाे अभावबीच पनि अस्पतालले धेरै सेवा प्रवाह गर्न सफल बन्दै गएकाले अव सवैले सहयाेग गरेर देशकै नमूना अस्पताल बनाउनु पर्ने बताउनु भयाे ।
अस्पतालकाे सामाजिक परिक्षण कार्याक्रममा अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले ३ बर्ष अघि एक जना वैध राखेर क्लिनिकको रुपमा थालेको अस्पतालमा अहिले सुविधासम्पन्न अस्पतलामा हुने अधिक सेवा दिन थालिएको बताउनु भयो । कार्याक्रममा इलामको चुलाचुली, झापाका गौरादह, दमक, गौरीगंज लगायतका पालिका प्रमुख तथा प्रतिनिधिले स्वास्थ्य सेवाका लागि सवैले सहयोग गर्ने बताएका छन् । चुलाचली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरूङ, गाैरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुँवर, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्याैपाने, गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, वडाध्यक्षहरू, सेवाग्राही र कर्मचारीले अस्पतालकाे विकासमा सामुहिक प्रयास खाँचाे रहेकाे बताएका छन् ।
अस्पतालमा आवश्यक जनशक्ति, भौतिक संरचनामा प्रयोग हुने मेशिनरी औजार र औषधीको अभावका कारण भने जस्तो सेवा प्रवाहमा समस्या भएकाले सरकारले यस प्रति ध्यान दिनु पर्ने माग गरिएकाे छ ।