६ जेष्ठ २०८२/झापा
पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट वैशाख महिनासम्म १२ अर्व ९४ करोड भन्सार असुली भएको छ । देशको कुल राजश्व संकलन घटेको अवस्थामा मेची भन्सारबाट भने अघिल्लाे बर्ष भन्दा राजश्व असुली वृद्धि भएको हाे । अघिल्लो आर्थिक बर्षमा ११ अर्व ५९ करोड लक्ष्यको ७६ दशमलव ८५ प्रतिशत राजश्व संकलन भएको थियो । तर यो बर्ष लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत राजश्व संकलन भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
चालु आर्थिक बर्षको राजश्व संकलन अन्य दुई आर्थिक बर्ष भन्दा धेरै भएको हो । चालु आर्थिक बर्षमा १७ अर्व ३४ करोड रुपयाँ राजश्व संकलन गर्ने भन्सारको लक्ष्य रहेको छ ।
मेची भन्सार नाका भएर सवै भन्दा धेरै पेट्रोलिय पदार्थको आयात हुने गर्दछ । यसैगरी लता कपडा, मेशिनरी सामान, केमिकल्स्, खाद्यन्य, तरकारी लगायत बस्तु आयात हुने भन्सार कार्यलयका सूचना अधिकारी इश्वरकुमार हुँमागाईले जानकारी दिनु भयो ।
