DCIM101MEDIADJI_0305.JPG
७ जेष्ठ २०८२/डिकेश लामा

झापामा केही किसानले माछामा मुल्य श्रृङखलाको विधि प्रयोग गरी माछा पालन व्यवसाय थालेका छन् ।  माछा उत्पादन गरेर खुद्रा मुल्यमा विक्री मात्र नगेर त्यसको परिकार बनाएर व्यवसाय गर्ने किसानले गाउँघरमै बसेर राम्रो आम्दानी गर्न सफल बनेका छन् । त्यस मध्ये पनि माछाकाे मःमले भने ग्राहककाे रूचीकाे मुख्य माछा परिकार बन्न पुगेकाे छ ।

कमल गाउँपालिका वडा नं. ६ का लक्ष्मीप्रसाद लिम्बुले १० बर्ष देखि फादेन कृषि फार्म संचालन गरी माछाका परिकार समेत विक्री गर्दै आउनु भएको छ । माछाको मःम देखि अन्य विभिन्न परिकार बनाउन थालेका लिम्बुले फार्मबाट माछा र माछाका परिकार बनाएर मासिक ८ देखि १० लाखसम्मको कारोवार गर्न सफल हुनु भएको छ । लिम्बुका अनुसार माछाकाे मुल्य परिवर्तन गरेर खट्न सक्दा गाउँघरमै वसेर दैनिक ४० देखि ५० हजारसम्मकाे काराेवार गर्दै आएकाे बताउनु भयाे । काेशी प्रदेशमै सायद नयाँ परिकारकाे रूपमा बनाइएकाे माछाकाे मःम भने धेरै रूचाइएकाे छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पाडाजुँगी देखि २ किलाे मिटर दुरीमा धान खेतमा संचालन गरेकाे माछा पालन क्षेत्रमा बनाइएकाे हाेटल तथा माछा विक्री केन्द्रमा पछिल्लाे समय माछा किन्ने भन्दा पनि खानेहरूकाे भीड लाग्ने गरेकाे छ ।

मःमको विभिन्न परिकार मध्ये माछाको मःम भने खासै प्रयोगमा आएको छैन । तर फार्ममा माछा लिन पुगेका ग्राहकले समेत माछाको मःम चाखेर मात्र फर्केने गरको छन् ।
४ बर्षदेखि लगातार ६ वटा माछा ब्लक कार्याक्रम संचालन भए पछि माछामा आकार्षित बन्दै गएका झापाका किसान माझ माछा जोन कार्याक्रम यस बर्ष देखि शुरुवात भएको छ । आम्दानी बृद्धिका लागि मुल्य परिवर्तन गरी माछाको भुरा उत्पादन देखि अन्य प्रविधिमा अनुदान सहयोग गरिएको कार्याक्रम संचालन गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ झापाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताउनु भयो ।

जिल्लाको कमल, गौरादह, गौरीगंज र शिवसताक्षी गरी ४ वटा पालिकामा यस बर्ष माछा जोन कार्यक्रम संचालन हुँदै आएको छ । किसानले पालेका माछाबाट राम्रो आम्दानी लिन मुल्य श्रृङखलामा जोड्ने किसिमका कार्याक्रम संचालन गर्न सके आर्थिक समृद्धि थप टेवा पुग्ने उनीहरुको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।
https://youtu.be/11FAKyWHbOo

Leave a Reply

Your email address will not be published. Required fields are marked *