२ जेष्ठ २०८२, काठमाडौँ– संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्ने समय दिनुभएको थियो । उहाँले  त्रिुभवन विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्नुहुँदै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताउनुभयो । यस्ताे अवस्थामा छानविनका लागि गृहमन्त्री लेखककाे राजिनामा नअाएसम्म संसद चल्न नसक्ने उहाँले बताउनु भयाे ।

त्यस्तै संसदमा बाेल्नेक्रममा सांसद शिशिर खनालले २०८० चैत्र ३ गते संसदमै गृहमन्त्रीले राखेकाे कुनै पनि सांसदमाथि प्रश्न उठ्याे भने उसले राजिनामा दिनु पर्ने अाफैले राखेकाे मापदण्ड स्वयम् गृहमन्त्री तर्फ तेर्सिएकाले अव उहाँकाे लक्षमण रेखाले उहाँलाइ छुने कि नछुने भन्ने प्रश्न राख्नु भयाे । सांसद खनालका अनुसार याे खेलमा सचिवालय देखि माथिल्लाे शक्तिकाे आडमा खेल भएकाे उहाँले आराेप लगाउनु भयाे ।

उहाँले भुटानी शरणार्थी काण्ड समेत दवाइरहेकाे वेला याे तस्करकाे घटनामाथि स्वच्छ ढंगबाट छानविन हुनेमा आफूहरू ढुक्क हुने अवस्था नरहेकाे उहाँले बताउनु भयाे ।

मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री  लेखक कानुन र मानव अधिकार क्षेत्रबाट आउनुभएकाले र उहाँले यसअघि धेरै नेतामाथि नैतिकताको विषय उठाउनुभएकाले उहाँको राजीनामा माग गर्नुभयो ।

“गृहमन्त्री लेखकको सचिवालय यसमा जोडिएकाले अनुसन्धान गर्ने निकाय सबै गृहमन्त्री मातहत रहेकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुपर्छ, उहाँले राजीनामा दिनुपर्छ, राजीनामा नआएसम्म संसद्को प्रक्रिया अघि अगाडि बढाउन नदिने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले समेत नदिने घाेषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *