१७ जेष्ठ २०८२/ झापा
यस बर्षको मनसुन भित्रिएको पहिलो दिन नै झापाका एक जनाको खोलाले बगाएर मृत्यु भएको छ । झापाको मेचिनगर नगरपालिका वडा नं. १ सुनारे टोल नजिकै सिद्दी खोलाले बगाएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम जिल्लाको रोङ गाउँपालिका वडा नं. ६ का ५६ बर्षीय भगिरथ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

photo file

मृतक तामाङको लाश पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *