१८ जेष्ठ २०८२/झापा
पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोड दिन अघिल्लो बर्ष देखि थालिएको १ लाख विरुवा रोपाई यस बर्ष पनि शुरुवात गरिएको छ । माओवादी केन्द्रको अगुवाइमा अन्य राजनैतिक दल र सामाजिक संघसंस्थाले दमकमा शनिवार देखि वृहत बक्षाराेपण अभियान शुरु गरेका छन् ।
झापाको दमक नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा बन क्षेत्रमा फोहोर गाड्ने काम हुँदै आएको छ । जसका कारण बन क्षेत्र उजाड बन्दै जान थाले पछि शनिवार ठूलो संख्यामा भेला भएका नगरबासीले झण्डै २ हजार विरुवा रोप्ने काम गरेका छन् ।

जलबायु परिवर्तनको असरलाई कम गर्न बन विनास रोक्नु पर्छ । तर नगरपालिकामा फोहोर व्यवस्थापन गर्दै आएको नेक्स्ट इरा इनर्जीले बन क्षेत्रमा फालेको फोहोरले बन विनास हुन थाले पछि खाली क्षेत्रमा विरुवा रोप्ने कार्य गरिएको अभियानका संयोजक तथा माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार उद्घाटनकाे दिन नै झण्डै २ हजार विरूवा राेप्ने काम भएकाे छ । उहाँका अनुसार माअाेवादीकाे अगुवाइमा काम गरेकाे भए पनि सवै राजनैतिक दल, दमकमा रहेका संघसंस्थाका प्रतिनिधिकाे उपस्थितिमा वृक्षाराेपण गरिएकाे छ ।

एक घर एक लिची र कागती रोप्नका लागि दमकमा अघिल्लो बर्ष ५० हजार विरुवा रोपिएको थियो ।  यो बर्ष पनि दमकमा सवैको सहयोगमा २५ हजार विरुवा रोप्ने अभियानको थालनी गरिएको विरुवा रोप्न पुग्नु भएका युवा नेता रन्जित तामाङले बताउनु भयो ।

जलवायु परिवर्तनको असर कम गर्ने सवै भन्दा उतम कार्य नै बन क्षेत्र विस्तार हो । तर पछिल्लो समय झापामा बनको क्षेत्रफल घट्दै गइरहेको वेला विरुवा रोप्ने यस्ता अभियानमा सवैको साथ जरुरी रहेको सरोकारवालाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *