२९ जेष्ठ २०८२/झापा
दातृ निकायले रेखदेख गर्न छाडे पछि समस्यामा परेका फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने दातालाई भूटानी शरणार्थीले सम्मान गरेका छन् ।
आज वेलडाँगीमा फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्न पुग्नु भएका सेजल एण्ड सिस्टर फाउण्डेशनका संस्थापक अध्यक्ष मेघ सुवेदीलाई नेपाली ढाकाले शरणार्थीहरुले सम्मान गरेका छन् । सुवेदीले २ बर्ष देखि शरणार्थी शिविरमा समस्या परेका बालबालिकालाई पोसिलो आहारा, लत्ता कपडा र खेलकुद तथा अध्ययन सामाग्री सहयोग गर्दै आएको बेलडाँगी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाले बताउनु भयो । उहाँले सहयोग गर्ने दाता संस्थाहरुलाई धन्यवाद समेत दिनु भयो ।
कार्याक्रममा सहयोगी संस्थाका प्रमुख सुवेदीले आफूले मात्र सहयोग गरेको नभइ धेरै जना तेस्रो मुलुकमा बस्ने भुटानीहरुहरुको हात रहेको बताउनु भयो ।
सन् २०१८ देखि शरणार्थी दातृ निकायले दिँदै आएको राहत कटौति गरेसँगै भूटानी शरणार्थी शिविरमा असक्त, जेष्ठ नागरिक तथा बालबालिका गरी ४ सय बढी मानिसहरु समस्यामा रहेको वेलडाँगी शिविर व्यवस्थापन समितिले जनाएको छ ।
