एक महिनामा समितिले काम नगरे पुनः आन्दोलन गरिने
३१ जेष्ठ २०८२/झापा 
लामो समयको सदन अवरोध हटाउने सहमति देश र जनताको हितका लागि गरिएको पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।
झापाको कमल गाउँपालिका वडा नं. ५ मा ५ आदिवासी समूदायको सँयुक्त राष्टिय मुक्ति मोर्चाको सम्मेलनमा आज सम्बोधन गर्दै दाहालले आफू सरकारमा हुँदा ल्याइएका महत्वपूर्ण ऐनहरु माथि छलफल र पारितका लागि संसद अवरोधको आन्दोलनबाट एक महिना भित्र समिति बनाएर छानविन गर्ने सहमति भए पछि आफूहरु संसद अवरोधको आन्दोलनबाट पछि हटेको बताउनु भयो ।


उहाँले गृह मन्त्रीको विषयमा १ महिना भित्र छानविन नभए पुनः आन्दोलन गर्नु पर्ने स्थिति आउने बताउनु भयो । उहाँले बर्तमान संविधानले समेत जातिय स्वायत्तको व्यवस्था गरेको सो कार्यान्वयनमा समस्या आए पिछाडिएका समूदायहरु पुनः एक भएर जुट्नु पर्ने बताउनु भयो ।
उहाँले संसद अवरोधबाट पछि हट्दा एकथरी मानिसहरुले नकरात्मक आलोचना गर्दै आएका छन् । तर त्यो माओवादी पार्टीलाई फुटाउन खोज्ने चाल भएको समेत दावी गर्नु भयो । उहाँले अहिले सरकार बनाउने कुरामा आफूहरु प्रवेश नै नगरेको समेत बताउनु भयो ।


कोचिला, धिमाल, झाँगड, सन्थाल र मेचे राष्ट्रिय मुक्ती मोर्चाको सम्मेलनमा पूर्व सभामुख ओन्सरी घर्ती मगर लगायत माओवादी केन्द्रका शीर्ष नेतृत्वले बोल्नु भएको छ ।
कोचिला राष्ट्रिय मुक्ती मोर्चाकी अध्यक्ष ममता ताजपुरियाको अध्यक्षतामा भएको सम्मेलनमा गाँउ गाउँबाट सहभागी बन्न आएका विभिन्न जातजातिले झाँकी तथा नृत्य समेत प्रस्तुत गरेका छन् ।
यस्तै माओवादी केन्द्र दमक नगर समितिले थालेको १ लाख विरुवा रोपाईं अभियानको दोस्रो बर्षमा आई पुग्दा आजै अध्यक्ष दाहालले विरुवा रोप्नु भएको छ । दमक वडा नं. ४ मा रहेको दाहाल प्रतिष्ठानको परिसरमा अगरउड प्रजातिको विरुवा रोप्नु भएको हो ।


विरुवा रोपाईं पछि उहाँले प्रतिष्ठानमा बोल्दै दाहाल प्रतिष्ठानले जातिय विकास मात्र नभई कोरोना कहर जस्तो अवस्थामा गरेको सामाजिक महत्वका कामको प्रशंसा गर्नु भयो । उहाँले प्रतिष्ठानको विकासमा आफू समक्ष आएको अक्षय कोष सम्बन्धीको प्रकृया प्रति चासो दिने समेत बताउनु भयो ।

 

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *