५ असार २०८२/डिकेश लामा
झापामा बाढीको अति जोखिम क्षेत्रमा बाँस तथा सिमेन्टका पोल प्रयोग गरेर अस्थायी बाँध निर्माण गर्न थालिएको छ । बर्खा लागेसँगै बस्ती बगाउने खतरा बढे पछि स्थायी बाँध बनाउन समय नपुग्ने र बजेट अभाव भएकाले प्रकोपाइन प्रविधिमा अस्थायी बाँध निर्माण थालिएको हो ।
सिमेन्टको पोललाई त्रिखुटी बनाएर नदि तथा खोलाको कटान क्षेत्रमा बाँध निर्माण गर्ने तरिका प्रकोपाइन प्रविधि हो । पराम्परागत तरिकाले माटो र ढुङ्गाको बाँध भन्दा धेरै सस्तो हुने भएकाले बजेट अभावमा यस बर्ष यो प्रविधिमा बाँध निर्माण गरिएको छ । यस अघि कन्काइ नगरपालिका वडा नं. ३ क्षेत्रमा लगाइएकाे प्रकाेपाइन प्रविधिकाे बाँध राम्राे काम गरेकाे बताउनु भयाे ।

गाडिएको पोललाई तारले बाँधेर साङ्लो बनाइन्छ । अघिल्लो दुई बर्ष देखि जिल्लामा जोखिम क्षेत्रमा यो प्रविधिको बाँध लगाउँन थालिएको हो । तर शिवसताक्षी वडा नं. १० मा हालै लगाइएको यो प्रविधिको बाँधले बस्ती जोगिएला भन्ने भर नभएको स्थानीय बासिन्दाले बताएका छन्  । २ बर्ष अघि देखि कटान लागेर शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारकाे उत्तरी क्षेत्रकाे बस्तीबाट ३ दर्जन बढी घर परिवार विस्थापित भइसकेकाे छन् । कतिपय परिवार मन्दिरमा बसेकाे स्थानीय बासिन्दा  सुर्य श्रेष्ठले बताउनु भयाे । श्रेष्ठका अनुसार याे बाँध फुट्याे भने माइधारकाे धार्मिक क्षेत्रमा मात्र नभएर पूर्व पश्चिम सडक र कन्काइ पुलमा समेत असर पर्न सक्ने बताउनु भयाे ।

बजेट र समय अभावका काराण नदि तथा खोलाको उच्च जोखिम क्षेत्रमा यो बर्ष बाँस तथा यस्ता सिमेन्टका पोलबाट बाँध छेक्ने कार्य भइरहेको छ । यो प्रविधिले पनि नदि नियन्त्रणमा राम्रो काम गर्न सक्ने जनताको तटबन्ध कार्याक्रमका इन्जिनियर बलराम भण्डारीले बताउनु भयो । यस्तै कार्यक्रमका कार्यलय प्रमुख विजयकुमार रेग्मीका अनुसार याे बर्ष लगाइका ठेक्का मन्त्रालय मार्फत नै स्राेत सुनिश्चित ढिलाे र यथेष्ट बजेट नदिँदा समस्या अाएकाे बताउनु भयाे  ।

झापा जिल्लामा नदि तथा खोला नियन्त्रणका लागि संघीय कार्यालय जनताको तटबन्ध कार्याक्रम स्थापना भएको १६ बर्ष भइसकेको छ । कार्याक्रमको डिपीआर अनुसार साढे १७ अर्व बजेटमा ३ सय २८ किलो मिटर बाँध निर्माण गर्नु पर्ने पनि हालसम्म एक तिहाइ पनि काम हुन नसक्दा अझै पनि दर्जनौं बस्तीहरु बाढीको उच्च  जोखिममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *