६ असार २०८२/झापा
झापाकाे कमल गाउँपालिमा भएकाे पालिका स्तरीय नृत्य प्रतियाेगितामा धेरै विधार्थीले साँस्कृतिक नृत्यलाइ जाेड दिएका छन् ।  विधार्थीले संगिनी, किराँत, माझी, थारू लगायतका सँस्कृतिसँग जाेडिएका नृत्य प्रस्तुत गरेका छन् ।  शुक्रबार आयोजित पालिका स्तरीय विधालय नृत्य प्रतियोगितामा निहरीका प्रथम बनेको छ । यसैगरी प्रतियोगितामा सिंहदेवी आधारभूत विद्यालय दोस्रो स्थानमा आएको छ ।
यता कमल वडा नं. ५ को मंगलमय मावि तेस्रो र सान्तवता स्थानमा महेन्द्र रत्न मावि र फोनिक्स अंग्रेजी स्कूल रहेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई नगद २०, १५, १० र ५ हजार रुपयाँ सहित ट्रफी प्रदान गरिएको छ ।

पालिका भरीका सामुदायिक र संस्थागत गरी ५० वटा विधालय मध्ये ७ सामुदायिक र ५ संस्थागत गरी १२ वटा विधालयको सहभागितामा शिक्षा युवा तथा खेलकुद शाखा कमल गाउँपालिकाको आयोजनामा भएको कार्याक्रमको उद्घाटन पालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नु भयो ।


कार्याक्रममा राईले विधार्थीको चौतर्फी विकासका लागि यस्ता नृत्य तथा अन्य अतिरिक्त कृयाकलाप आवश्यक भएको बताउनु भयो । पालिकाले २ जना नृत्य सम्बन्धीका करार शिक्षक नियुक्ती गरी पालिकाका २१ वटै विधालयमा नृत्य लगायतका अतिरक्ति कृयाकलाप गराउँदै आएको उहाँले बताउनु भयो ।
कमलमा पछिल्लो समय शिक्षा क्षेत्रको विकासमा प्रविधिसँगै अन्य गतिविधि समेत जोड्न थालेकाले गुणस्तर बृद्धिमा टेवा पुग्दै गएको सो शाखाका प्रमुख सूर्य न्यौपानेले बताउनु भयो । प्रतियोगितामा विधार्थीले आकार्षक नृत्य प्रस्तुत गरेका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *