७ असार २०८२, झापा–  नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्वाे माैषमले दल अहिले सरकारमा जाने कुनै पनि साेच नरहेकाे बताउनु भयाे । उहाँले दमकमा प्रेस सेन्टर नेपाल झापामा प्रवेश गर्ने संचारकर्मीसँगकाे कार्यक्रममा बाेल्दै वर्तमान अवस्थामा प्रतिपक्षीमा रहेर ठूलाे दल काँग्रेश र एमालेकाे सरकारकाे गतिविधि मुल्याङकन गर्दै अाएकाे बताउनु भयाे ।

दमकमा अाज झापाका विभिन्न सञ्चारकर्मीहरु प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । प्रेस सेन्टर नेपाल झापाको आयोजनामा  आयोजित कार्यक्रममा चन्द्रमान राईको नेतृत्वमा विभिन्न ६ जना सञ्चारकर्मीहरु प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् ।

मानुसी मिडिया प्रालिद्वारा सञ्चालित नेपाल एक्सप्रेस मिडियाका सञ्चालक राईको नेतृत्वमा गणेश भट्टराई, आयुस्मा परियार, उमेश खत्री, फ्रिपेश श्रेष्ठ र किस्मिका पोख्रेल प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता आङ्बो, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राई, केन्द्रीय सदस्य राम योङहाङ, पूर्वकेन्द्रीय सचिव विमल लामिछाने, प्रदेश सचिव डिकेश लामा, झापा अध्यक्ष पुष्पलाल खड्का, उपाध्यक्ष होमप्रकाश अधिकारीलगायतले खदा र टीकाले स्वागत गरेका छन् ।

सो अवसरमा प्रेस सेन्टर नेपाल केन्द्रीय सचिव राईले प्रेस सेन्टर नेपालको नीति, सिद्धान्त र उद्देश्यबारे नव प्रवेशीलाइ जानकारी गराउनु भयाे । उहाँले पत्रकारहरूको हकहित र व्यावसायिकता अभिवृद्धिका लागि प्रेस सेन्टर नेपालले सधैं सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे ।

कार्यक्रममा नवप्रवेशी राईले आफ्नो मन्तव्य राख्दै पत्रकारिता क्षेत्रमा इमानदारी, सत्यतथ्य र जनपक्षीय विषयलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *