१७ असार २०८२/डिकेश लामा

झापाको जोखिम क्षेत्रमा जोखिम विपद व्यवस्थापनका लागि उच्च जोखिम क्षेत्रमा धमाधम बाँध निर्माण हुँदै आएको छ । जिल्लाका अति जोखिम क्षेत्रमा अस्थायी बाँध देखि तारजाली सहितको बाँध तिव्र गतिमा निर्माण हुँदै आएको छ ।
यस बर्षको मनसुनको शुरुवातमै बाढी पसेर विस्थापित बनेका दक्षिणी झापाका उच्च जोखिम क्षेत्रमा धमाधम बाँस तथा तारजालीको बाँध निर्माण थालिएको छ । यसै साता संघीय सरकारको उच्च टोली सहित जिल्लाका सरोकारवाला निकायको टोलीले त्यस्ता जोखिम क्षेत्रका अनुगमन गरी बाँध निर्माणमा थप जोड दिन थालिएको जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको जनताको तटबन्ध कार्याक्रम कार्यालयका प्रमुख विजय कुमार रेग्मीले बताउनु भयो ।

धमाधम बाँध निर्माण भए पछि बाढी पसेर विस्थापित हुनु परेका बस्ती धानगाढा, चौरी, होकलबारी लगायतका बासिन्दाहरु बाढीबाट जोगिने आशामा रहेका छन् । मध्य असारमा पनि बाँध निर्माण गर्दै आएकाले अव भने बाढीका कारण विस्थापित हुन नपर्ने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् ।

वेलैमा बजेट सुनिश्चित नहुँदा साखगरी दक्षिणी झापा बाढीका कारण बढी क्षतिमा पर्ने गरेको छ । तर यस पटक सवैको सहयोगले गौरीगंजका केही उच्च जोखिम क्षेत्र भने सुरक्षित गर्न सकिएको पालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले बताउनु भयो ।

यस बर्ष सरदर समय भन्दा केही अगाडि नै पूर्वी नेपालबाट मनसुन भित्रिए पनि असारको मध्यसम्म झापा जिल्लाका नदि तथा खोलामा खासै ठूला बाढी आएको छैन । जसले गर्दा उच्च जोखिम क्षेत्रमा बाँध निर्माण गर्न सहज बनेकले धमाधम काम भइरहेकाे बाढी प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *