नेपालमा निकाे हुने भन्दा ५ गुणा धेरै संक्रमित थपिन थाले

११ वैशाख २०७८, काठमाडौं– नेपालमा पछिल्लाे समय कोरोना संक्रमणको दर दिनहुँ बढ्दो अवस्थामा रहेकाे छ । हाल आएर निकाे हुने संख्या भन्दा ५ गुणा धेरै संक्रमण थपिन थालेका छन् । यसले गर्दा मुख्य शहरका अस्पतालहरू भरिन थालेका छन् ।

गएकाे २४ घण्टामा नेपालमा थप २ हजार ६ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

काठमाडौँ उपत्यकामा ८ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६४४ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा १४१ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभर ७१ जना क्वारेन्टाइनमा छन् भने १६ हजार ८ सय २८ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । ३ सय ६८ जना भने संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तामाङ समाजको दोस्रो बार्षिक साधारणसभा सम्पन्न
Next post मंगाेलकाे तेस्रो नगर अधिबेशन सम्पन्न