१ साउन २०८२/ बालदिवश तामाङ
खोला तथा नदि दोहनले समस्यामा परेको सिंचाई  योजना विगबाेल्ड प्रविधिकाे बाँध निर्माणले संचालनमा आएकाे छ । यस बर्ष बनाइएकाे साधुटार नेते सिस्ने सिंचाईको बाँध र नहर निर्माणले झण्डै ५ सह विगाह जमिनको सिंचाइमा सहजता आएको छ ।
झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका वडा नं. १ को सिमानामा बग्ने विरीङ खोलामा विग बोल्ड प्रविधिको बाँधसँगै कंक्रिट नहर निर्माण भएको छ । बाँध र नहर निर्माणले बर्षौं देखि सिंचाईं संचालनमा आएको समस्या अन्त्य भएको सानेसी जल उपभोक्ता समितिका अध्यक्ष रामबहादुर निरौलाले बताउनु भयो । निराैलाका अनुसार यस अघि बर्षेनी खाेला बाढीले नहरकाे मुहान बगाउँदा ठूलाे खर्च गरेर पानी चलाउँनु पर्थ्याे तर बाँध र केही भाग कंक्रिट लाइन निर्माण गरे पछि सहज तरिकाले नहर चलेकाे छ ।
नहरको मुहानमा बाँध नहुँदा बर्खामा आएको बाढीले भत्काएर खोला गहिरिए पछि बर्षेनी ३ देखि ५ लाख खर्च गरेर नहर संचालन गर्नु पर्ने बाध्यता थियो । तर यस बर्ष जनताको तटबन्ध कार्याक्रम गैंडे मार्फत ६० लाख रुपयाँ बजेटमा ठूल्ठुला ढुङ्गाको कपर ड्याम निर्माण गरे पछि मुहान बगाउने समस्या हल भएको स्थानीय अगुवा विष्णु चम्लागाँईले बताउनु भयो ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय झापाको साढे १४ लाख तथा जनतातको तटबन्ध कार्यक्रमको ३० लाख गरी साढे ४४ लाखमा नहरको कंक्रिट लाईनिङ निर्माण गरिएको छ । नहर निर्माणले सो क्षेत्रका झण्डै २ हजार घर परिवारले तीनै बाली खेती गर्न पाएको साे क्षेत्रका किसानले बताएका छन् । सिंचाइ बाहेक विग बाेल्ड प्रविधि र ढुङ्गा सहितकाे बाँध निर्माणमा ६० लाख खर्च भएकाे जनताकाे तटबन्ध कार्यक्रमका प्रमुख विजयकुमार रेग्मीले बताउनु भयाे । रेग्मीका अनुसार बाँध निर्माणले अर्जुनधारा तिर मात्र नभइ बुद्धशान्ति गाउँपालिका वडा नं. १ काे समेत नहर संचालन भएकाे छ । बाँध निर्माणले यस अघि गहिरिएकाे खाेला समेत ७ फिट भन्दा माथी उक्सिएकाे छ ।

बर्षेनी खोला तथा नदिको दोहनले करोडौं रुपयाँ खर्च गरेर बनाइएका सिंचाई तथा खानेपानी योजनामा समस्या हुँदै आएको छ । तर यस बर्ष नयाँ प्रविधिको ठुल्ठूला ढुङगाका प्रयोगबाट बनाइएको बाँधले सिंचाई र खानेपानी सहजता आएको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *