३ साउन २०८२/डिकेश लामा
भट्राई कुल बंश प्रतिष्ठानको कार्यालय सचिव दिपेन्द्र भट्टराईको आत्महत्या कुनै दबाव र प्रभावबीच नभएको प्रतिष्ठानले जनाएको छ । दमक नगरपालिका वडा नं. ४ को मुख्य कार्यालय रहेको प्रतिष्ठानको कार्यालयमा भएको पत्रकार सम्मेलनमा आज प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद भट्राईले बताउनु भयो । भट्राईका अनुसार केही अनलाइन तथा सामाजिक संजालमा प्रतिष्ठानको नाम जोडेर आएको समाचार यथार्थ र सत्य नभएको बताउनु भयो । अध्यक्ष भट्टराईका अनुसार मृतक भट्टराईको इच्छामृत्यु हुनु भन्दा केही समय अघिसम्म कार्यालय प्रति निष्ठापूर्वक काम गरेको उहाँले बताउनु भयो ।

मृतक भट्टराईले लेखेको नोटमा “मेरो भन्नु केही छैन, घरायसी समस्या आयो मैंले मिलाउन सकिन अलविदा सवैमा ।” भने दिपेन्द्रले सही गरी मृत्यु सन्देश लेखेको उहाँले बताउनु भयो ।
यस्तै पत्रकारसँगको कुराकानीमा मृतक भट्टाईका अनुसार मृत्यु भएको गएको असार २२ गते विहान साढे ९ बजेसम्म राम्रै कुराकानी भएको बताउनु भयो । उहाँले केही सामाजिक संजाल लगायत अनलाईनमा आएको समाचारले लामो समय देखि कार्यालयसँग भएको सद्भावपूर्ण सम्बन्ध नै विगारेको बताउनु भयो । उहाँले आँखा भरी आँशु पारेर भन्नु भयो, ‘हामीसँग घरपरिवारसँग पनि कहिले केही भएन र प्रतिष्ठान प्रति पनि कहिले उहाँले कहिले कुनै दिन यहाँ नराम्रो भयो भन्ने भन्नु भएन ।’ उहाँले सामाजिक संजाल र केही अनलाइनमा वास्तविकता नबुझि लेखेको कुराले भने आफूहरुलाई थप समस्या पारेको बताउनु भयो ।

पत्रकारसँगको छलफलमा शिक्षक तथा मृतक परिवारसँगको नातेदार कमल दाहालका अनुसार मर्ने मरेर गए पनि पारिवारिक अवस्था केही कम्जोर भएका भट्टराईका छोरी र छोराको भविष्यबारे सवैले सोच्नु पर्ने बताउनु भयो ।
सरस्वती माविमा अध्ययन गर्दै आएका छोरी र छोरा विद्यालयका अब्बल विधार्थीको दर्जामा रहेका छन् । तर बुबाको ५५ बर्षको उमेरमा भएको आत्माहत्याले भने परिवारमा समस्या हुने स्थिति रहेको र जिवनको लामो समय मृतक भट्टराईले प्रतिष्ठानकै सेवामा काम गरेकाले सहयोग गर्ने प्रति संस्थाले सोच्नु पर्ने उहाँले माग गर्नु भयो ।

प्रतिष्ठानमा रहेका मन्दिरहरुमा पूजाआज गर्दै आउनु भएको पूजारी टिकाराम भट्टराईका अनुसार उहाँको मृत्यु भएको दिन एकादशी भएकाले उहाँले तुलसी रोप्नेबारे सोधेको र आफूले विदा मागेर श्रीमतिको आँखाको उपचारका लागि विर्तामोड गएको बताउनु भयो । विहानसम्म कुनै विरामी वा डिप्रेशन जस्तो कुनै लक्षण नदेखिएको बताउनु भयो ।
कार्यालय सचिव भट्टराईले प्रतिष्ठानको जग्गा परिसरमा रहेको बृतावती खोला छेऊमा रहेको बाँसको झँयाङमा ४ बजे तिर झुण्डिएको अवस्थामा भेटिएको र सवैलाई खबर गरेको उहाँले बताउनु भयो ।
प्रतिष्ठानमा लामो समय देखि कार्यरत भट्टराईले असार २२ गतेका दिन झुण्डिएर आत्मा हत्या गरेका थिए । यस विषयमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको जनाएको छ । पोष्टमार्टमको रिर्पोट आइनसकेको भए पनि आफ्नै कारणले मृत्युबरण गरेको भन्ने सुसाइड नोट समेत लेखेकाले घटना प्रति कसैलाई शंका वा आक्षेप लाउन सक्ने अवस्था नरहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । बाँकी लाशको पोष्टमार्टम रिर्पोटले थप पुष्टि हुने बताइएको छ ।
