७ साउन २०८२, झापा– प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार उद्धव पुरीलाई प्रदान गरेको छ ।
प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार वितरण समारोह’ मा दुईदशक यता क्रियाशिल पत्रकारिता गर्दै आएका पुरिलाई पुरस्कार प्रदान गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका प्रकाशक–सम्पादक हुन् ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङले नगद ४२ हजार र सम्मान पत्र प्रदान गरेर पुरस्कृत गर्नु भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका तामाङले शहिदकाे रगतले ल्याएकाे संघीय लाेकतान्त्रिक राज्य व्यवस्थामा हालै अाएर उनीहरूकाे बलिदानीकाे चाहना पुरा नभए पनि एकदिन पुरा भएरै छाड्ने बताउनु भयाे । 
अहिले सरकार भ्रष्ट गतिविधिलाइ प्रस्य दिने खालकाे भएर पत्रकार देवकुमार जस्तै हजाराैंकाे बलिदानीकाे सपना पुरा हुन नसकेकाे बताउनु भयाे ।
प्रेस सेन्टर नेपालले यसअघि अग्रज पत्रकारहरु चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई पुरस्कार वितरण गरिसकेको छ ।
त्यस्तै यसै वर्षदेखि सुरु गरेको ‘डि कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोष’मा आर्थिक सहयोग पुर्याउने दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रेस सेन्टरका प्रदेश सदस्य आइपि भट्टराई, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालाई सम्मान गरिएको हो ।
कार्यक्रमका माओवादी केन्द्र प्रदेश नम्बर–१ का उपाध्यक्ष बिजय साम्पाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राई, देवकुमार आचार्य (डि कौडिन्य) को धर्मपत्नी यमुना आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, जनवादी पत्रकार मञ्च झापा संयोजक प्रविण अधिकारी, मिडिया नेपालका झापा अध्यक्ष रन्जित प्रसाईंलगायतले बाेल्नु भएकाे छ । बक्ताहरूले पत्रकारले अव जनपक्षीय विषयलाइ अझ सशक्त पार्नु पर्नेमा जाेड दिएका छन् ।
प्रेस सेन्टर नेपालका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य एबम् नेपाल पत्रकार महासंघ झापाका सचिव राजु पाठकले डि कौडिन्यको जीवनीमाथी चर्चा गर्नु भएकाे छ । सेन्टरका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गर्नु भएकाे कार्यक्रम प्रकाश उप्रेती र राजन साम्पाङले कार्यक्रम सञ्चालन गरेका छन् ।
