१० साउन २०८२/ झापा
झापामा शनिबार अपरान्ह लागु औषध बोकेको मानिसले प्रहरीलाई आक्रमण गरी भाग्न खोज्दा गोली हानी पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको किसनगंज जिल्ला काल्लिकोट थाना बस्ने ३६ बर्षीय मोहम्मद इस्लाम रहेका छन् । भद्रपुर बजारको भित्री सडक खण्डमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली पुग्दा प्रहरीलाई देख्ने वित्तिकै इस्लामले प्रहरीलाई आक्रमण गरी भाग्नेक्रमा गोली प्रहार गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नावय उपरिक्षक खगेन्द्र बहादुर खड्का अनुसार लागु औषध  नियन्त्रण ब्यूरो काँकडभिट्टा र जिल्लाको प्रहरी टोली खटिएको अवस्थामा आक्रमण भएको बताउनु भयो । भाग्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई गोली प्रहार गर्दा इस्लामको घुँडा मुनि लागेको छ । घाइते इस्लामको भद्रपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
निजको साथमा १ सय १० ग्राम खैरो हिरोइन जस्तो पदार्थ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्लामा प्रहरीले यस अघि पनि दुई पटक हवाइ फायर गरी लागु औषध कारोवारीलाई पक्राउ गरेको थियो । झापामा यो गत बर्ष मात्र ५ सय ५९ जना लागु औषध कारोवारी र प्रयोग कर्ता पक्राउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *