११ साउन २०८२/झापा
पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट ३ बर्ष यताकै सवै भन्दा धेरै राजश्व असुली भएको छ । गत बर्ष १५ अर्व ९३ करोड ११ लाख रुपयाँ भन्सार बापत राजश्व संकलन भएको छ । जुन लक्ष्यको ९१ दशमलव ८६ प्रतिशत हो । तर लगतार त्यस अघिका २ बर्षमा भने सो बराबरको राजश्व संकलन हुन नसकेको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत इश्वरकुमार हुँमागाईंले बताउनु भयाे । अघिल्ला दुई आर्थिक बर्षमा लक्ष्यको ७० र ७८ प्रतिशतमात्र भन्सार असुली भएको थियो ।

मेची भन्सार नाका भएर आउने सवै भन्दा धेरै पेट्रोलिय पदार्थबाट राजश्व संकलन हुने गर्दछ । गत बर्षभरीमा १९ अर्व ९४ कराेड मुल्य बराबरकाे पेट्रोलिय पदार्थ आयात हुँदा भन्सार असुली मात्रै ६ अर्व ९३ करोड भएको छ ।
यस्तै पूर्वी नाकाबाट जुट तथा जुटका उत्पादन बस्तु, तरकारी, खनिज उत्पादन, यातायातको साधान र तिनका पाटपूर्जा, मेशिनरी सामाग्री, प्लाष्टिकका कच्चा पदार्थ तथा फलफुल समेत अधिक मात्रमा आयात हुने मेची भन्सार कार्यालयले जनाएको छ ।
