१३ साउन २०८२/डिकेश लामा
अन्धाधुन्ध रासायनिक मल तथा विषादीको प्रयोगका कारण पर्यावरणसँगै मानव स्वास्थ्यमा असर गर्दै आएको छ । कृषि विषय अध्ययन गर्दै आएका विधार्थीले रासायनिक प्रयोगलाई घटाउँदै जैविक विधिलाई जोड दिन किसानलाई सिकाउन थालेका छन् ।  
झापामा यस बर्ष देखि तरकारीजोनको कार्याक्रम संचालन भएको छ । जुन कार्यक्रममा विभिन्न कलेजबाट अभ्यास गर्न आएका विधार्थीले जैविक तरिकको खेती प्रणालीलाई जोड दिन किसानलाई प्रेरित गर्दै आएको कृषिमा स्नातक तहको अन्तिम बर्ष अध्ययनरत विधार्थी यतिराज प्याकुरेलले बताउनु भयो । प्याकुरेलका अनुसार रासायनिक मल र विषादीकाे अधिक प्रयाेग गरेकाले जैविक विषादीले एकै पटक काम भने गर्न नसकेकाे बताउनु भयाे ।
जिल्लाको सिमावर्ती क्षेत्रमा कतिपय किसानले नेपालमा अनुमति नदिएका कडा विषादी समेतको प्रयोग गर्ने गरेका छन् । जसले गर्दा मानिस मात्र नभई गाई बस्तु तथा प्रर्यावरणम समेत पछि गएर असर देखा पर्ने कृषिमा अनुसन्धान गर्र्दै आउनु भएकी प्रभा कार्कीले बताउनु भयो । सिमावर्ती क्षेत्रमा किसानले नेपालमा प्रतिबन्धित विषादीकाे प्रयाेग समेत भएकाे बताउनु भयाे ।

जिल्लामा यो बर्ष देखि विषादी रहित तरकारी उत्पादनका लागि तरकारीजोन कार्यक्रमले जैविक मल उत्पादनमा समेत सहयोग गरेको छ । तरकारीजोन कार्यक्रमले मानव स्वास्थ्यका लागि उपयोगी तरकारीबाली उत्पादन गर्न विभिन्न कार्यक्रम संचालन गरेको तरकारीजोन समन्वय समितिका संयोजक पूर्णबहादुर खड्काले बताउनु भयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाइ झापामा यो बर्ष १२ जना विधार्थीले जैविक विधि खेती प्रणालीमा अभ्यास तथा अनुसन्धान गरेका छन् । परियोजनाले विभिन्न ज्ञान र शीपसँगै झण्डै १ करोड रुपयाँ अनुदान दिएकाले जैविक विधिबाट तरकारी खेती गर्न उत्साहित गरेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *