२७ साउन २०८२/डिकेश लामा
२ बर्ष अघि देशभर महामारीकोरुपमा फैलिएको पशुचौपायमा लाग्ने लम्पी स्कीन रोग पुनः फैलिनेक्रम बढेको छ । कोशी प्रदेशमा रोग देखा पर्न थालेको जेष्ठको दोस्रो साता देखि हालसम्म १२ वटा जिल्लामा २२ हजार बढी पशु संक्रमित हुँदा झन्डै ८ सय पशुको मृत्यु भइसकेको छ ।
पछिल्लो समय पुनः लम्पी स्कीन रोगका कारण पशु चौपाय मर्न थालेका छन् । यस अघि महामारीको रुपमा आएको वेला लम्फी रोग विरुद्ध भ्याक्सिन लगान छुटेका र नयाँ जन्मेका पशुचौपायमा अधिक मात्रमा यो रोगले संक्रमण गर्न थालेको पशु चिकित्सक डा. अभि प्रताप सिंहले बताउनु भयो । सिंहका अनुसार रोग नासर्नाका लागि सरसफाईमा ध्यान दिनु पर्ने बताउनु भयो । यो बर्दष दमकमा पनि ८ हजार लम्पी बिरुद खोप लगाई सकेको बताउनु भयो ।कोशी प्रदेशमा सवै भन्दा धेरै संक्रमण र मृत्यु संख्या झापामा रहेको छ । झापामा साउन महिनाको दोस्रो सातासम्म ४ हजार ६ सय ९२ चौपाय संक्रमित हुँदा ४ सय १० वटाको मृत्यु भइसकेको छ । खासगरी नयाँ जन्मेको बाच्छाबाच्छी अधिक मात्रमा मृत्यु भएको पीडित किसानले बताएका छन् ।
संक्रमण बढ्दै जान थाले पछि कोशी प्रदेश सरकारले भ्याक्सिन लगाउने कार्यलाई जोड दिएको छ । हालसम्म ३ लाख १२ हजार ६ सय ४१ पशुमा भ्याक्सिन लगाइ सकिएको छ । संक्रमण बढ्दै जान थाले पछि भ्याक्सिन र उपाचारमा समेत काम भइरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक पुरुषोतम पाण्डेले बताउनु भयो । निर्देशनालयका अनुसार कोशी प्रदेशको १२ जिल्लामा यो रोग फैलिसकेको छ ।
२ बर्ष अघि फैलिएको महामारीबाट ३ लाख बढी संख्यामा पशुमा संक्रमण हुँदा ९ हजार हाराहारीको मृत्यु भएको थियो । तर त्यस बेला लगाइएको भ्याक्सिनका कारण अहिले संक्रमण र मृत्यु दर समेत केही घटेको छ । यसर्थ रोग नियन्त्रणका लागि सरकारले भ्याक्सिन लगाउने कार्यलाई जोड दिनु पर्ने किसानको भनाइ छ ।
