२८ साउन २०८२/झापा
देशमा भइरहेको आर्थिक तरलताको प्रभाव सहकारी संस्थामा समेत स्पष्ट देखिन थालेको छ । पछिल्लो समय ऋण लगानी घट्नु र असुलीमा समेत समस्या हुँदा निक्षेप अंक बढ्दै गएको छ । यस अघि कोशी प्रदेशमै उत्कृष्ट घोषित हुन सफल दमकको मेची सहकारी संस्थाले समेत गत बर्ष अघिल्लो बर्षको तुलनामा कारोवार गर्न सकेको छैन । झण्डै १८ हजार सदस्य रहेको साढे ४ अर्व रुपयाँको वासलात रहेको संस्थाले समेत यो बर्ष ऋण असुली र लगानीमा समस्या खेप्नु परेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताउनु भयो । मेची सहकारीले सुरक्षित ऋण प्रवाह गरेकाले धेरै हदसम्म असुल उपर गर्दै आएको भए पनि कतिपय सहकारीमा समस्या आउन थालेको उहाँले बताउनु भयो ।

कार्याक्रममा सहकारीले दोस्रो मेची आवास ल्याउने तयारी गरेको सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार यो बर्ष देखि सहकारी विषयमा पीएचडी अध्ययन गर्ने सहकारी सदस्यका विधार्थीलाई एक लाख रुपयाँ अनुदान समेत प्रदान गरिने उहाँले बताउनु भयो ।

झापाको दमकमा आज भएको पत्रकार सम्मेलनमा पछिल्लो समय सामाजिक संजालमा सहकारीको ऋण असुली मिनाह जस्ता नकरात्मक प्रचारले असुली अंक बढदै गएको कार्यक्रममा बताइएको छ ।
मेची सहकारी संस्थाले समेत अघिल्लो आर्थिक बर्ष जस्तो कारोवार गर्न नसकेको स्वतन्त्र लेखा परिक्षणको प्रतिवेदनमा उल्लेख्य भएको छ । प्रतिवेदनमा अघिल्लो बर्ष भन्दा यो बर्ष कारोवार झण्डै आधा घटेको छ । आर्थिक बर्ष २०८०÷०८१ मा ९ करोड ६५ लाख नाफा आर्जन गरेको संस्थाले गत बर्ष भने ६ करोड १५ लाख मात्र नाफा गरेको छ ।
बजारमा वितीय तरलतासँगै कोशी प्रदेशमा पनि धेरै सहकारीमा समस्या परेको रजिष्टार्ड कार्यालयले जनाएको छ । यस्तै सरकारले २३ वटा ठूला सहकारी संस्थालाई संकटग्रस्त घोषित गरी ६२ हजार बढी बचतकर्ताको झण्डै ४० अर्व रुपयाँ फिर्ता गराउने कार्यमा लागेको छ । तथापि हालसम्म ३ प्रतिशत रकम पनि फिर्ता भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *