५ भदौ २०८२/झापा
झापाको दमक नगरपालिकाको प्रवर्धनमा आज देखि स्थानीय वेसार बजारिकरण शुरु गरिएको छ । ३ बर्ष देखि थालिएको व्यवसायिक वेसार खेतीबाट संकलित वेसार स्थानीय सेतुमारी कृषि सहकारीले प्रशोधन गरी औपचारिक कार्याक्रमबीच बजारीकरण शुरु भएको घोषणा गरिएको छ ।
पछिल्लो समय धेरै स्थानीय तहले फरक र केही नयाँ काम गर्ने शिलशिलामा दमक नगरपालिकाले वेसारको ब्राण्डिङ शुरु गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनु भयो । कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाईं, ब्यवासायी, किसान लगायतले स्थानीय उत्पादनलाई जोड दिनु पर्ने बताएका छन् ।

प्रति केजी ६ रुपयाँमा बजारमा ल्याइएको अर्गानिक विधिबाट उत्पादन गरिएको काँचो वेसार उत्पादनमा नगरपालिकाले प्रति केजी १० रुपयाँ अनुदान दिएको छ । जसले गर्दा यो बर्ष देखि साना किसानहरु समेत खेतीमा उत्साहित भएको किसानले बताएका छन् । वेसार खेती गर्दा लगानी धेरै र बजार मुल्य कम भएकाले खेती गर्न निक्कै चुनौती रहेको कार्याक्रममा किसानले बताएका छन् । स्थानीय व्यवसायी र किसान माझ गरिएको वेसार विक्री वितरण कार्याक्रममा दिगो खेती तथा उत्पादन प्रणालीमा लाग्नु पर्नेमा जोड दिइएको छ ।
