१२ भदौ २०८२/ झापा
पूर्व पश्चिम राजमार्गलाई स्तरोन्नती गर्दै एशियन राजमार्ग बनाउने कामको गति सन्तोषजनक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ । एशियन सडक स्तरोन्नती कार्यको निरीक्षणसँगै पूर्वी खण्डको कार्यालयको उद्घाटन कार्याक्रममा आज मन्त्री दाहालले केही स्थानमा कालोपत्रे समेत हुन थालेकाले चाँडै निर्माण गर्न सकिने अवस्था रहेको बताउनु भयो । मन्त्री दाहालले देश विकासका लागि पूर्व पश्चिम महेन्द्र राजमार्ग बाहेक हुलाकी, मदन भण्डारी र मध्य पहाडी लोक मार्गसँगै उत्तर दक्षिणका ११ वटा सडक तथा कोरिडोर समेत २०९० सम्ममा निर्माण सक्नु पर्ने बताउनु भयो । यस्तै मंत्री दाहालले दमक रबि चिसापानी सडकको पनि नयाँ ठेक्का लगाउने तयारी रहेको बताउनु भयो ।

विहीबार एशियन सडक निर्माणका लागि काँकडभिट्टा लौकही राजमार्ग अन्तर्गतको पूर्वी खण्डको ३ तले कार्यालयको भवन दमकमा उद्घाटन भएको छ । मुल्य अभिबृद्धि कर सहित ८ करोड ७ लाख रुपयाँ बजेटमा निर्माण गरिएको भवन २०८० साल माघ १९ गते ठेक्का लगाई २०८१ साल माघ १८ गते १ बर्षको समयावधिमा निर्माण सम्पन्न गरिएको पूर्वी खण्डका प्रमुख सुनिलबाबु पन्तले बताउनु भयो ।
एशियन सडक स्रोन्नतीको निरीक्षणमा सांसद, सडक विभागका महानिर्देशक डा. विजय जैसी, मन्त्रलायका कर्मचारी सहितको सहभागिता रहेको छ ।