२७ भदौ २०८२/डिकेश लामा
देशमा भएको २ दिनको आन्दोलनबाट क्षतिग्रस्त बनेको भौतिक संरचनाको सरफाई सँगै संचालनको तयारी थालिएको छ । आन्दोलनबाट प्रभावित बनेको जनजिवन विस्तारै पुरानो लयमा फर्काउने प्रयासमा नागरिकहरु स्वत स्फूर्तरुपमा जुट्न थालेका छन् ।२ दिनसम्म चलेको अनपेक्षित तोडफोड र आगजनीमा झापा जिल्लाको पनि अधिकांश सरकारी भवन र कार्यालयहरु क्षति विक्षत बने । तर ती कार्यालयहरु संचालनका लागि यूवा पुस्ता तथा स्थानीय बासिन्दाहरु स्वच्छिकरुपमा सरसफाई गर्दै सामान्य अवस्थामा ल्याउने कार्यक्रमा जुटेको छन् ।
जिल्लाका इलाका प्रहरी कार्यालय, राजश्व, पालिका लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी भएका छन् । यस बाहेक ठूलो संरचना निजी व्यापारिक भवन तथा नेताका घरहरु समेत क्षतिग्रस्त बनेका छन् । कफ्र्यू खुकुलो गरेसँगै कतिपय सरकारी कार्याहरु संचालनको तयारी थालिएको नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले बताउनु भयो ।

आन्दोलनका कारण सवै सरकारी संयन्त्रहरु सक्रीय भइनसकेको अवस्थामा यूवा, टोल विकास संस्था तथा नागरिकहरुको विभिन्न समूहले सुरक्षाकर्मीको समन्वयमा बजार तथा टोल क्षेत्रको गस्ती गरी सुरक्षा समेत गर्न थालेका छन् । संकटमा परेको बजार र व्यवसायीको सुरक्षा गर्दै सामान्य अवस्थामा फर्काउने प्रयासमा व्यवसायीहरु लागेको उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाँर्इंंले बताउनु भयो ।
हालै भएको २ दिनको आन्दोलनले भएका क्षतिको विवरण समेत संकलन गर्न थालिएको छ । धनजनको सुरक्षासँगै सवैको सहयोगमा अवस्थालाई सामान्य बनाउने कार्यमा आफूहरु लागेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
