२९ भदौ २०८२/झापा
२ दिनसम्म देशभर चलेको आन्दोलनका कारण लगाइएको कफ्र्यूले ५ दिन बजार बन्द हुँदा महँगिएको तरकारीको मुल्य आइतबार सस्तिएको छ । खासगरी दैनिक भान्सामा प्रयोग हुने तरकारीको मुल्य निक्कै बढेकोमा आइतबारको बजार भने सामान्य अवस्थामा आएको हो । पहाडी जिल्ला धनकुटा, इलाम, पाँचथर लगायत भारतीय बजारबाट समेत झपझापाका सागसब्जी आए पछि बन्दको अवस्थाको मुल्य भन्दा धेरै सस्तो भएको तरकारी तथा फलफुल व्यवसायी संघ नमूना बजार दमकका अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयो ।

शनिबार देखि नै यातायातका साधानहरु संचालनमा आए पछि जिल्लाका ठूला बजारहरुमा तरकारी आउनेक्रम बढेको छ । लामो समय किसानले विक्री गर्न नपाएर रोकिएका तरकारीहरु एक साथ बजारमा आएकाले पनि केही सस्तो भएको उपभोक्ताले बताएका छन् । झापामा दैनिक ढेड देखि २ करोड रुपयांको तरकारी तथा फलफूलको कारोबार हुने कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ।

यस्तै यता झापामा आईतबार पुन ८ बजेदेखि ३० गते बिहान ५ बझेसम्म निषेधज्ञा जारी गरेको छ । आइतबार बिद्यालय समेत संचालनमा आएका छन् । जिल्लाका बजारहरु खुलेका छन् ।