३१ भदौ २०८२/झापा
भदौ २३ र २४ गते भएको आन्दोलनमा क्षतिग्रस्त बनेका भवनको मर्मत संभार गरी प्रशासनिक कार्य संचालन गर्ने तयारी थालिएको छ । झापा जिल्लामा रहेका १५ वटा पालिका मध्ये १२ वटा पालिका सहित ५५ वटा वडा कार्यालयमा आगलागी र तोड भएका छन् । ती कार्यालयहरुको मर्मत संभार गरी प्रशासनिक कार्य शुचारु गर्ने तयारी थालिएको हो ।

झण्डै २० करोड बढी मुल्यको क्षति व्यहोरेको दमक नगरपालिकाले समेत २ दिन पछि प्रशासनिक सेवाहरु संचालन गर्ने गरी मर्मत संभार र कार्यालय स्थानपनको कार्य थालिएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताउनु भयो । कार्कीका अनुसार आजैबाट क्षति नभएका वडा कार्यालयबाट सेवा संचालन गरिएको छ ।  नगरपालिकाको मुख २ वटा भवन क्षतिग्रस्त बनेकाले अन्य बाँकि २ वटा भवनबाट विभिन्न शाखा स्थापना गरि सेवा अशोज २ गतेदेखि सेवा सुचारु गरिने बताउनु भयो ।

जिल्लामा प्रहरी कार्यालय र बीट समेत गरी ३७ वटा भवन, विधालय १, निजी आवास, व्यापरिक भवन र पार्टी कार्यालय गरी ४८ वटामा क्षति पुगेको छ । स्थानीय तहको कार्यालय समेत गरी १ सय ५ वटा सरकारी भवनमा मात्र क्षति पुगेको छ । क्षति पुगेका भवन मध्ये केहीमा मात्र तोडफोड भएको भए पनि अधिकांशमा आगजनी भएको छ । जिल्लामा ५४ वटा चारपाङग्रे, ६० वटा २ पाङग्रे र ४ वटा साइकल सहित १ सय १४ वटा सवारी साधानमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।


यसैबीच अझै पनि रातको समयमा अपराधिक कृयाकलाप हुन सक्ने भन्दै दमक, विर्तामोड र भद्रपुरमा भदौ ३१ गते वेलकी ८ बजे देखि अशोज १ गते विहान ४ बजेसम्म निषधाज्ञ जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *