बुधबार ५० लाख हाराहारी कारोवार 
१ असोज २०८२/झापा 
चाडबाडको नजिकमा भएको दुई दिने देशव्यापी जिएनजी आन्दोलनको प्रभाव दशैं लक्षित बजारमा देखा पर्न थालेको छ । विगत बर्षमा ढेड देखि झण्डै २ करोडसम्मको एकै दिन कारोवार हुने दमकको पशु हटियामा यो बर्ष आधा भन्दा कम कारोवार भएको छ ।
दशैं लक्षित यो हटियामा उत्साहजनक कारोवार हुन नसकेको विक्रीकर व्यवस्थापन तथा संचालन गर्दै आउनु भएका व्यवसायी प्रकाश बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार बिगतका बर्षमा दशैं  पर्वका अघिल्ला  पहिलो र दोस्रो हटियामा ढेड देखि २ करोड रुपयाँको कारोबार हुन्थ्यो तर यो पटक ५० देखि ६० लाख हाराहारीमा मात्र कारोबार भएको छ ।
कुनै वेला पूर्वी नेपालकै सवै भन्दा ठूलो भनेर चिनिने दमक पशुहाटमा दशैंका लागि राँगा, खसी, बोका अधिक खरिद विक्री हुने गर्दथ्यो । तर भदौ २३ र २४ गतेको देशव्यापी आन्दोलनले गर्दा भारत लगायत क्षेत्रबाट आउने व्यापारीको संख्या नै कम भएको छ । खरिद गर्नेहरुको संख्या नै कम भएकाले यो बर्ष पशु चौपायको मुल्य पनि खासै बढ्न नसकेको विक्री गर्न हटिया आएका किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *