५ मंसीर २०८२/झापा
विरता पदक भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली गोर्खाली रामबहादुर बेघाको स्मृतिमा आज देखि आमन्त्रित विधालय स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । दमकमा रहेको शिखर ज्योति विद्यालयको आयोजनामा भएको खेलमा मोरङ र झापाका विभिन्न पालिका १२ वटा माध्यमिक तहका विधालयबीच प्रतिष्पर्धा शुरु भएको छ । ट्रस्टका अध्यक्ष मोहन वेघाको अध्यक्षतामा भएको उद्घटान कार्याक्रमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले देशकै गौरबशाली नाम राख्न सफल व्यक्तित्वको स्मृतिमा आयोजना भएको खेलले विधालय स्तरबाटै खेल विकास हुन सहयोग पुग्ने बताउनु भयो ।

आज भएको पहिलो चरणको खेलमा शिवसताक्षीको नामविङलाई हराउँदै अक्सफोर्ड दमक, पशुपति दमकलाई हराउँदै पशुपति उर्लाबारी विजयी बनेका छन् । यसै गरी दमकको सिदार्थले ढुकुरपानी माविलाई हराउँदै विजयी बनेको छ । यस्तै हिमावीले बुद्धशान्ति गाउँपालिकाको महानन्द स्कूललाई हराउँदै विजयी बनेको छ ।

कार्याक्रममा विधालयका शिक्षक लगायत सामाजिक अगुवाले वेघाको योगदानको प्रशंसा र चर्चा समेत गरेका छन् ।

पाँचथरमा जन्म भई ३ बर्ष अघि मृत्यु हुनु भएका दमक निवासी वेघाले विट्रिश सेनामा गोर्खा सैनिकको रुपमा भर्ती भई सन् १९६५ मा वोर्नियोमा भएको युद्धमा देखाएको अदम्य साहसप्रति विरताका लागि सर्वोच्च पुरस्कार भिक्टोरिया क्रस प्रदान गरिएको थियो । उहाँले अन्य धेरै पुरस्कार सम्मान प्राप्त गनुृ भएको छ । बेघाको स्मृतिमा खेलाइएको यस्ता खेलले विधार्थीको खेल प्रतिको चासो र रुचि समेत बृद्धि हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *