को हुन् दमकका युवा व्यवसायी रमेश लुइंटेल ?

 

झापाको दमकका सफल युवा ब्यबसायी तथा सामाजिक कार्यकर्ता रमेश लुईटेल झापाको बैगु्न्धुरामा जन्मिएर दमकलाई कर्मथलो बनाउँदै यहाँको सामाजिक क्षेत्रमा स्थापित नाम हो । आज भन्दा २० बर्ष अघि दमकमा एउटा सानो कम्प्युटर ईन्टिच्युट बाट ब्यवसायीक क्षेत्रमा लाग्नु भएका लुईंटेल आफ्नो  ब्यबसायमा मात्रै केन्द्रित नभएर समाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आउनु भएको छ ।
दमक उद्योग बाणीज्य संघको आगामी १८ गते हुने निर्वाचनमा भरत चम्लागाईं नेतृत्वको प्यानलबाट द्वितिय उपाध्यक्षको उम्मेद्वार बन्नु भएका लुईंटेलले सबै ब्यवसायीका साझा नेतृत्व बन्दै दमकको ब्यवासयीक प्रबर्धनका लागी योगदान दिने योजना बनाउनु भएको छ ।
दमक जेसीजमा आवद्ध रहेर आफ्नो नेतृत्व र व्यक्तित्व बिकास गर्नुभएका अनुभवी व्यवसायी लुईंटेल दमक जेसिजको कार्यकारी उपाध्यक्ष हुँदै कानुनि सल्लाहकार समेत बनिसक्नु भएको छ । दमकका उद्योगी ब्यवसायीहरुका बिभिन्न संघ संगठनमा बसेर नेतृत्वदायी भुमिकामा रहिसक्नु भएका लुईंटेलले यस अघि समेत दमक उद्योग बाणीज्य संघको कार्य समिति सदस्यमा उम्मेद्वारि दिनु भएको थियो । त्यस पटक दमकका ब्यवसायीको राम्रै मायाँ र सद्भाव पाए पनि जितको लागी पर्याप्त मत प्राप्त गर्न नसकेर उप विजेता हुनु परे पनि यहाँका ब्यवासायीका समस्या समाधानका लागी अहोरात्र खटिंदै आउनु भएको छ ।
पदिय जिम्मेवारीमा रहे पनि वा नरहे पनि लुईंलेल दमकको ब्यवसायीक प्रबर्धनका लागी संधै क्रियासिल देखिँदै आउनु भएको छ । उमेरमा युवा, काममा परिपक्कता, योजनामा श्रीजनशिलता र कार्यान्वयनमा जिम्मेवारी पनका कारण लुईंटेल दमकको ब्यबसायीकका साथै सामाजिक कार्यमा स्थापित नाम बन्न पुग्नु भएको छ ।
एउटा सानो पसलबाट नेश्नल कम्प्य्ुटर ईलेक्ट्रोनिक्स र आरमभ कम्प्युटर प्रा.ली.को बिसाल साम्राज्य खडा गर्न लुईंटेलको सक्रियता र लगनशिलता सबैको लागी प्रेरणा बन्ने गरेको छ । आफु दमक उद्यो बाणीज्य संघको निर्वाचनमा निर्वाचित भए दमकको व्यापार, उद्योग र सेवाक्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउने योजना बनाउनु भएका लुईंटेललले साना व्यवसायीका समस्या संघभित्र तथा नीतिनिर्माता तहमा प्राथमिकताका साथ उठाउने योजना बुन्नु भएको छ ।
सरकारले लिने बिभिन्न कर, भाडा, लाइसेन्स तथा बैंकिङ झन्झट न्यूनीकरणका लागि पहल गर्ने ।, अनावश्यक जरिवाना र हैरानी अन्त्यका लागि संघको तर्फबाट आवाज उठाउने ।, व्यवसायी संकटमा पर्दा सहयोग पुग्ने आपतकालीन सहयोग कोष थप बलियो बनाउने ।, बिरामी, दुर्घटना र विपद्मा राहत प्रणालीलाई संघका सदस्यमैत्री र सवल बनाईने योजना समेत लुईंटेलको रहेको छ ।
बजार क्षेत्रमा सुरक्षा, सीसी क्यामरा व्यवस्थापन, पार्किङ, रात्रीगस्ति र सरसफाइ सुधारका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने ।, युवा र व्यवसायी लक्षित कार्यक्रम (व्यवसायिक तालिम, डिजिटल मार्केटिङ, लेखा व्यवस्थापन) नियमित रुपमा सञ्चलन गर्ने ।, दमकलाई व्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने ।, सवै उद्योगी व्यवसायीलाई आवश्यक पर्ने सवै प्रशासनीक सेवाका लागि एकद्वार सेवा केन्द्र स्थापनाका लागि आवश्यक निकायहरुसँग समन्वय गर्ने स्पष्ट योजना सहित दमकका ब्यवसायीको नेतृत्व गर्ने चाहना राख्नु भएका लुईंटेल यस पटको निर्वाचनमा दमकका सबै ब्यवसायीको साथ पाएर निर्वाचित हुनेमा विश्वस्त रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *