१४  पुस २०८२/झापा 
पूर्वी नेपालको मेची भन्सारबाट मंसीर महिनामा मात्र १ अर्व ५५ करोड मुल्यको अलैंचीको निर्यात भएको छ । लामो समय पछि मुल्य बढेसँगै अलैंचीको निर्यात समेत बढ्दै गएको हो । चालु आर्थिक बर्षको ५ महिनामा ५ अर्व ५३ करोड मुल्यको २६ लाख २२ हजार केजी अलैंची निर्यात भएको छ ।
गत आर्थिक बर्षमा मंसिर महिनासम्म ३ अर्व ४५ करोड मुल्यको २० लाख ७५ हजार केजी अलैंची मात्र निर्यात भएको थियो । यो बर्षको ५ महिनामा ६० दशमलव १० प्रतिशतले निर्यात बृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।
यो बर्षको अलैंचीले प्रति क्वीन्टल २ लाख ५० हजारसम्म मुल्य पाएकाले किसानबाट खरिद गरिएको अलैंची स्टक नराखी धमाधम निर्यात गरिँदै आएको अलैंची खरिद विक्री तथा प्रशोधनमा लामो समय देखि काम गर्दै आउनु भएका बिर्तामोडका व्यवसायी निर्मल भट्टराईले बताउनु भयो ।
गत बर्ष मेची भन्सार नाका भएर जम्मा ७ अर्व ६७ करोड मुल्यको अलैंची निर्यात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *