१५ पौष २०८२/डिकेश लामा

झापाका धेरै किसानले पशु आहराका लागि भारतबाट आयात हुने दानाको सट्टा साइलेजको प्रयोगलाई जोड दिन थालेका छन् । पशु चौपायका लागि पोषिलो र दाना भन्दा सस्तो हुने भए पछि धेरै किसानले मकैबाट बनाइएको साइलेज खुवाउने चलन बढेर गएको हो ।
झापाको गौरादह नगरपालिका वडा नं. ४ का पुण्य घिमिरेले १५ बर्ष देखि व्यवसायिकरुपमा पशुपालन गर्दै आउनु भएको छ । जव स्थानीय स्तरमै साइलेज उद्योग खुल्यो त्यस पछि उहाँले दाना कटौति गर्दै अहिले पूर्णरुपमा साइलेज र घाँसको भरमा पशुपालन गर्न सफल हुनु भएको छ ।

महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले ४ बर्ष देखि प्रदेश सरकारको ७० लाख अनुदानमा २ करोड रुपयाँ लगानी गरेर प्रदेशमै बृहतरुपमा साइलेज बनाउन थाले पछि किसानको माग समेत बढ्न थालेको छ । साइलेजको प्रयोगले दुध उत्पादनमा हुने लगानी र पशु स्वास्थ्यमा फाइदा हुने थाह पाए पछि किसालने यसको प्रयोगलाई जोड दिँदै गएको साईलेज उद्योगका व्यवस्थापक उज्वल अधिकारीले बताउनु भयो ।

पशुको स्वास्थ्य सुधारका लागि आहरा महत्वपूर्ण हुने गर्दछ । पशुमा हुने बाँझोपन र अन्य समस्याबाट बच्न पशुको आहरालाई उचित तरिकाले व्यवस्थापन गर्नु पर्ने पशु आहरा सम्बन्धी अनुसन्धान गर्दै आउनु भएका डाक्टर यणमणी नेपालले बताउनु भयो ।

पशु आहाराका लागि आवश्यक दाना अधिकरुपमा भारतबाट आयात हुने गर्दछ । तर स्थानीय स्तरमै उत्पादन गरेको साईलेजले कम लगानीमा पशुपालनबाट राम्रो आम्दानी लिन सकिने भए पछि आयातित दानाको प्रयोगलाई हटाउँदै लगेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *