१८ पौष २०८२/झापा 

काठमाण्डौंबाट उडेको बुद्ध एयरको उडान नं. ९०१ नाइन ए एम एफ को जहाज दुघर्टनामा परेको छ । भद्रपुर विमान स्थलमा अवतरण गर्दा रन वे को पूर्व तर्फ चिप्लिएर दुघर्टनामा परेको हो । रन वे बाट झण्डै २ सय मिटर पूर्व पटि खोल्छी माथि गएर जहाज अडिएको छ । दुघर्टनामा मानवीय क्षति नभए पनि केही यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


सवा ९ बजे तिर ४ जना चालक दल सहित ५५ जना बोकेर उडान भरेको जहाजको अघिल्लो भाग पंखाको मुनी क्षति ग्रस्त बनेको छ । केही घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । गम्भीर प्रकृतिको घाइते भने कोही पनि नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *