१९ पौष २०८२/झापा
झापाको दमक उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः देविप्रसाद गुरागाँईं (गोपाल) विजयी हुनु भएको छ । गुरागाँईं अन्य दुई उम्मेद्वार भरत चम्लागाँईं र राजु खड्कालाई पराजित गर्दै पुनः दोस्रो कार्यकालका लागि विजयी बन्नु भएको हो । अन्य उम्मेद्वारले ५८६ र ५०७ मत प्राप्त गर्दा भारी मतान्तर ८९६ मत प्राप्त गरी गुरागाँईं विजयी बन्नु भएको हो ।
यस्तै अधिकांश उम्मेद्वारहरु सँयुक्त उद्यमी व्यवसायी समूहबाट विजयी बनेका छन् । बरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत बाहेक पदाधिकारी पदमा गुरागाँर्इं समूहले जितेको छ । पदाधिकारीमा उपाध्यक्ष रुवल अधिकारी, द्वितीय उपाध्यक्ष टिकाराम खतिवडा, तृतीय उपाध्यक्ष शुभाषचन्द्र गर्तौला र महिला उपाध्यक्षमा संगिता तुम्बापो विजयी बनेका छन् । यस्तै लेखा संयोजकमा सोही समूहका भेनस श्रेष्ठ विजयी बन्नु भएको छ ।
यसैगरी कार्य समितिको खुल्ला सदस्यमा भरत दुलाल, चिरन न्यौपाने, कुलबदहादुर श्रेष्ठ (कविन), कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, सहदेव भट्टराई विजयी भएका छन् । यस्तै बस्तुगत सदस्य तर्फ हेमसागार अधिकारी, कृष्ण दहाल, टंकप्रसाद ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाँईं, गोकुल खड्का, खेम पाण्डे विजयी बनेका छन् । यस्तै महिला सदस्यमा संगीता प्रसाईं र उर्मिला गुरुङ (मोनिका) विजयी बनेका छन् । यस्तै लेखा समितिको सदस्यहरुमा रुपक सापकोटा र राजकुमार अधिकारी विजयी भएका छन् ।
संघमा कार्यसमितिमा खुल्ला, बस्तुगत र महिला गरी १५ सदस्य र ६ जना पदाधिकारी सहित २१ जनाको समिति निर्वाचित भएका छन् । यस बाहेक ३ जनाको लेखा समिति समेत निर्वाचनबाटै चयन भएको निर्वाचन समितिका संयोजक लिला गुरागाँईंले बताउनु भयो ।
शुक्रबार भएको दमक उद्योग बाणिज्य संघको निर्वाचनमा २ हजार २ सय ९८ मतदाता मध्ये ९० प्रतिशत मत खसेको थियो ।
