१९ पुस २०८२/झापा
लिम्बु शब्दकोषका लेखक तथा लिपीका आविष्कारक किरात ज्योतिष शास्त्रका प्रतिपादक रन्धोज नेम्बाङ (रङसाङ) को झापामा पहिलो पटक शालिक स्थानपनासँगै स्मृति ग्रन्थ सार्वजनिक भएको छ । विक्रम सम्बत् १९७४ सालमा पाँचथरको याम्बोङमा जन्मनु भएका नेम्बाङको आज १०९ औं जन्म जयन्तिको असवरमा दमक वडा नं. ३ चुलाचुली ढुङ्गे सडक अन्तर्गत रन्धोज चोकमा शालिक अनावरण गरिएको हो ।


याक्थुङ नेम्बाङ समाज नेपालका केन्द्रिय अध्यक्ष प्रियकुमार नेम्बाङले बहु आयामिक विद्वान रन्धोजको शालिक अनावरण गनुृ भएको हो । यस्तै कार्याक्रममा जीवनीपरक मुल्याङकन ग्रन्थ समेत सार्वजनिक गरिएको छ । कार्यक्रमले राणाकालमा १७ वटा हस्त लिखित पुस्तक, मुर्ति, चित्र देखि, काठको व्लक छापा समेत संचालन गर्नु भएका ओझेलमा रहनु भएका विद्वान रन्धोजबारे धेरैलाई जानकारी हुने कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका केन्द्रिय अध्यक्ष नेम्बाङले बताउनु भयो ।


कार्यक्रममा पाँचथरका संचारकर्मी तथा साहित्यकार मलिसा याक्थुङबा, ललितकला विधामा मुर्तिकार ज्ञानोदय लावाती, साहित्य अनुवाद विधामा सिक्किम भारतकी डा. कमला तामाङ, लिम्बु भाषा साहित्य विधामा तेजमान सुब्बा (ताक्कन्छावा), साहित्य विधामा भारतका गौरी नेम्बाङ, समन्वयकर्ता, लेखन तथा संचार विधामा देविलाल प्रधान तामापत्र सहित सम्मानित भएको कार्यक्रम संचालक प्रतिष्ठानका सचिव हिमत नेम्बाङले बताउनु भयो ।


रन्धोज स्मृति प्रतिष्ठानका अध्यक्ष दलबहादुर नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा ग्रन्थ माथि समालोचना, साहित्य बाचन तथा साँस्कृतिक कार्याक्रम समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *