
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ की यमुना चापागाँई २८ बर्षकै उमेरमा श्रीमानको मृत्यु पछि एकल हुनु भयो । दुई कलिलाका छोराछोरीको जिम्मेवारी वहन गर्दै कृषि कर्ममा जुट्नु भएकी उहाँले छोराछोरीलाई उच्च शिक्षा दिलाउन कृषि कर्म बाटै सफल हुनु भयो । । कागती, सुपारी, मरिच, कुरिलो तथा अन्य वेमौषमी सागसब्जी र पशुपालन समेत गरेर उहाँले घर व्यवहार संचालन गर्न सफल हुनु भएको छ ।
छोराछोरी सम्राट र सृष्टिले क्यानाडा र काठमाण्डौंमा विज्ञान प्रविधि विषयमा स्नातकोत्तर र स्नातक तहको अध्ययन सकेका छन् । अघिल्लो कार्यकालमा गाउँबाट महिला सदस्यमा निर्वाचित भई कार्यपालिकाको जिम्मेवारी समेत सम्हाल्न भ्याउनु भएकी चापागाँईंले १ विगाह क्षेत्रमा लगातार २२ बर्ष देखि गरेको मेहेनेतले अहिले कृषिमा अनुभवी समेत बनाएको छ ।

त्यसो त जिल्लामा अन्य धेरै एकल महिलाहरु सक्रीय बन्दै गएका छन् । कन्काई नगरपालिका वडा नं. ३ मा एकल महिलाहरुको समूहले व्यवसायिक मौरी पालन गरेर मनग्ये घर व्यवहार संचालन गर्न सफल बनेको समूहमा आबद्ध सदस्य सूर्यकुमारी जोगीले बताउनु भयो ।
गर्दा स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने उदारण जिल्लाका धेरै किसानले काम गरेर देखाएका छन् । तर एकल महिलाले पनि कृषि क्षेत्रमै संघर्ष गरेर सफलता लिने कार्यले भने धेरैलाई प्रेरणा मिल्ने अगुवा किसानको भनाइ छ ।
