२३ पुस २०८२/काठमाण्डौं

संघीय सरकारका मन्त्री कुलमान घिसिङले राजिनामा दिएको घोषणा गर्नु भएको छ । राती अवेर पाउने १० बजे पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्नु भएको छ । उहाँले पत्रकार सम्मेलन अघि प्रधानमन्त्री शुशिला कार्कीलाई भेटेर राजिनामा पत्र बुझाउनु भएको थियो । घिसिङ शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारको सहरी विकास, उर्जा, जलस्रोत तथा सिंचाइ र भौतिक पूर्वाधार तथा यातायात गरी ३ मन्त्रालयको मन्त्रिको पदमा रहेर कार्य गर्दै आउनु भएको थियो ।


उहाँले राजिनामा लिएको घोषणा गर्दै अव भने पार्टीको जिम्मेवारी र सदस्यता तथा पद ग्रहण गरेर सक्रिय हुने समेत बताउनु भएको छ ।
हिजो मंगलबार मात्र प्रम कार्कीले ३ जना मन्त्रिलाई राजनीतिको सदस्यता लिएको भन्दै राजिनामाको माग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *