२५ पुस २०८२/झापा 
राज्य विरुद्ध र विष्फोटक पदार्थ सम्बन्धी कसुरका फरार अभियुक्त प्रक्राउ परेका छन् । झापाको दमक नगरपालिका वडा नं. १ ठेगाना भई कन्काई नगरपालिका वडा नं. ८ सृजना टोल बस्ने ४६ बर्षीय संजय भनिने खगेन्द्र खरेल पक्राउ परेका हुन् । सनातन सुरक्षा सेना नेपालका संयोजक समेत रहेका खरेल यस अघि नव युवा जेन्जीको आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


कारागारबाट फरार पछि गत पुस १९ गते पूर्व पश्चिम राजमार्ग अन्तर्गत कन्काई नदिको पुलमा कालो झोलामा कुकुर बम राखी डर त्रास, यातायात अवरुद्ध समेत गराएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।

फरार अभियुक्त खरेलले यस अघि हिमाल सुरक्षा परिषद नेपालको अध्यक्ष भई शसस्त्र गतिविधिमा संलग्न र विभिन्न अन्य ३ स्थानमा बम राखी मानिस घाइते समेत हुने गरी आतंकित गतिविधि गरिएको प्रहरीले जनाएको छ । निजलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखी जिल्ला अदालत झापामा पहिलो पटक उपस्थित गराई ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बताइएको छ । हालसम्म आन्दोलनको क्रममा काराकार र जेलबाट फरार रहेका ५५ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *