घुम्ती अस्पताल अन्य क्षेत्रमा विस्तार गरिने:मुख्य मन्त्रि कार्की
२५ पुस २०८२/झापा
कोशी प्रदेशमै पहिलो पटक आज देखि गाडीमै गाउँघरमा पुगेर विशेषज्ञ टोली सहितको घुम्ती उपचार सेवा शुरु भएको छ । झापाको कमल गाउँपालिकाको पालिका अस्पतालबाट औपचारिक कार्याक्रम गरी प्रदेश सरकारले सेवा शूचारु गरेको हो । कार्याक्रममा बोल्दै कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले लामो समयको प्रयास पछि संभवत नेपालमै पहिलो पटक विशेषज्ञ डाक्टरहरु सहितको टोलीले गाडीबाटै सवै सेवा दिने गरी निशुल्क घुम्ती उपचार सेवा सुरु गरिएको बताउनु भयो ।

मुख्य मन्त्री कार्कीले यो कार्याक्रम अव प्रदेशको तराईका जिल्ला लगायत अन्य क्षेत्रमा समेत पुर्याउने तयारी थालिएको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘पहिले तराईका झापा, मोरङ्ग, सुनसरी लगायत चुरे क्षेत्र हुँदै घुम्ती अस्पताल सेवा प्रभावकारी बने पहाडी दुर्गम जिल्लामा समेत पुर्याइएने छ ।’

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु सहित मन्त्रालय र निर्देशनालयका उच्च पदाधिकारी र चिकित्सक सहितको उपस्थितिमा २० जनाको टोलीबाट उपचार सेवा थालिएको छ । गाडी भित्रै भिडियो एक्स रे, ल्याव, इसीजी, इको जस्ता महत्वपूर्ण र बढी शुल्क लाग्ने जाँच समेत निशुल्क गरिने भए पछि विरामीको आकार्षण पनि बढेको छ । आज एकै दिन झण्डै ४ सय जना सेवाग्राहीले उपचार सेवा लिएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो । पहिलो पटक गरेको घुम्ती अस्पताल सेवामा यो उल्लेख्य र सहभागिता मुलुक उपस्थिति रहेको उहाँको भनाइ छ ।

