२५ पुस २०८२/झापा
झापाको दमक वडा नं. ९ को स्वस्तिक थुक्पा फ्याक्ट्रीमा आगलागी हुँदा १ करोड ३० लाख मुल्यको क्षति भएको छ । आज विहान १० बजे तिर विधुत सर्ट भई लागेको आगो ६ वटा दमक, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा झण्डै ढेड घण्टाको समय पछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट टिनको छानो भएको थुक्पा फ्याक्ट्री र सँगै रहेको ३ तले घरको सवै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीमा मानवीय क्षति भने नभएको बताइएको छ । पछिल्लो समय जिल्लामा विधुत सर्ट भएर आगलागी हुने घटना बढेकाले यस प्रति वेलैमा सवै सचेत हुनलाई प्रहरीले आग्रह समेत गरेको छ ।
