२६ पुस २०८२/झापा तीन जिल्लाको संगम स्थल मावा खोलाको चुृरे क्षेत्रमा बनेको झोलुङे पुल सडक संजाल नजोडिदाँ संचालनमा समस्या भएको छ । ५ बर्ष अघि देखि निर्माण थालिएको पुल झण्डै २ करोड रुपयाँ बजेटमा निर्माण सम्पन्न भए पनि पुलमा पुग्ने सडक पहुँच नहुँदा संचालनमा समस्या भएको हो ।

इलाम, झापा र मोरङ्ग जिल्लाको संगम स्थल ढुङ्गेमा पहिलो पटक झोलुङ्गे निर्माण भयो । तर पुलमा जाने बाटो खुल्न नसक्दा भने बर्खाको वेला अझै पनि समस्या भोग्नु परेको स्थानीय अगुवा भिम लकाईंले बताउनु भयो ।
पुल निर्माण पछि बाटोको पहुँच पुर्याउने उदेश्यले पुल निर्माण गरिएको हो । अहिले बाटो दिने विषयमा विवाद आएको छ । तर जसरी भए पनि बाटोको विकल्प निकालिने पुल निर्माण भएको क्षेत्र दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले बताउनु भयो ।
पुल मुख्य सडक भन्दा झण्डै एक किलो मिटर दक्षिणमा बनाइएकाले सडक जोड्ने काममा असहज भएको हो । तथापि पुल निर्माणले खासगरी बर्षामा बाढी आउँदा धेरैलाई राहत पुग्ने स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्लाको दुर्गम क्षेत्रमा पछिल्लो समय खोला तथा नदिको उच्च जोखिम क्षेत्रमा पुलहरु निर्माण र थप्नेक्रम बढेको छ । तर सडक संजाल नभएको क्षेत्रमा निर्माण भएका यस्ता संरचना संचालनमा भने समस्या आउने गरेकाले वेलैमा सडक संजाल बनाउनु पर्ने स्थानीय अगुवाहरुको भनाइ छ ।
