२७ पुस २०८२/झापा 
झापाको दमकमा विक्रम सम्बत २०२२ सालमा स्कूल खोल्दा निशुल्क पढाउने देखि लामो समयसम्म शिक्षामा सेवा गर्नेहरुलाई मरणोपरान्त सम्मान गरिएको छ ।
विधालय ऐन कार्यान्वयन नभएको वेला धान चामाल संकलन गरेर विधालय संचालन गर्ने देखि लामो समय सोही विद्यालयमा पढाउने ५ दर्जन हाराहारी जेष्ठ शिक्षक, विधालय व्यवस्थापनमा सहयोग गर्ने र जग्गा दातालाई सम्मान गरिएको छ । प्राध्यापक डा. गोविन्द भट्टराईले समेत अध्यापन गराएको विधालयले आजै हिरक जयन्तीको अवसर पारेर विधालयको इतिहासलाई समेटिएको स्मृति ग्रन्थ नालेवेली सार्वजनिक गरिएको छ ।
खरी र कालोपाटीबाट शुरु भएको सरस्वती आधारभूत विधालय अहिले डिजिटल कक्षासम्म आइ पुग्दाको अवस्थाबारे लामो खोज पछि पुस्तक सार्वजनिक गरी विधालयका कृयाकलापलाई इतिहासको रुपमा कायम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका लेखक रमेश गुरागाँईले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद तथा साहित्यकार खेमलाल पोखरेल, प्रा.डा. गोविन्द भट्टराई, डा. व्यञ्जना शर्मा, साहित्यकार शिव रेग्मी प्रणत, धनकुटे कान्छा, गोपाल झापाली लगायत दर्जन बढी लेखक तथा प्राध्यापकले विधालयको विषयमा गरिएको खोज र इतिहासबारे चर्चा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *