२ माघ २०८२/झापा 
झापामा आज ५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । देशभर निर्वाचन सम्पन्न गराउने उदेश्यका साथ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । झापा जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ को मेची नगर नगरपालिका, २ को अर्जुनधारा नगरपालिका, ३ को जिल्ला समन्वय समितिको कार्यालय भद्रपुर, ४ को तुर्सा हेमरन प्रतिष्ठान कन्काइ नगरपालिका र निर्वाचन क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको अर्गानिक तरकारी बजारको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन कार्यालय झापाका जिल्ला निर्वाचन अधिकारी तुलसी कुमार नेपालले जानकारी दिनु भयो ।
झापामा ५ वटा क्षेत्रमा जम्मा ७ लाख १३  हजार ५ सय ३७ मतदाता रहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कार्यालय स्थापनासँगै निर्वाचन तयारीका कार्य थालिने निर्वाचन अधिकृतहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *