३ माघ २०८२/डिकेश लामा
पूर्व पश्चिम राजमार्गलाई एशियन सडकमा स्तरोन्नती गर्न पूर्वी नेपालको काँकडभिट्टा देखि लौकहीसम्मको सडक विस्तार गर्ने काम धमाधम भइरहेको छ । झण्डै ३४ अर्व बजेटमा निर्माण हुने सकडको कालो पत्रेको पहिलो चरणको काम समेत केही स्थानमा हुन थालेको छ ।

एशियाली राष्ट्रहरुलाई सडक सञ्जालमा जोड्ने उदेश्यका साथ दुई लेनको सडकलाई ४ लेन बनाउने गरी थालिएको काम पछिल्लो समय तिव्ररुपमा हुन थालेको छ । सम्झौता बमोजिम कामको प्रगति हुन नसके पछि समयावधि भित्रै मुख्य काम सक्ने गरी कामलाई तिव्रता दिएको काकडभिट्टा लौकही सडक योजना पूर्वी खण्डका प्रमुख सुनिलबाबु पन्तले बताउनु भयो । प्रमुख पन्तका अनुसार सडक तर्फ ३३ प्रतिशत काम भएको छ । उहाँले भन्नु भयो, ‘कामको प्रगति प्रतिशतमा भन्दा पनि यातायात सहज बनाउने तर्फ पूर्वी खण्डमा मात्र एका तर्फी झण्डै साढे ६ किलो मिटर सडकमा पहिलो चरणको कालो पत्रे लगाई सकिएको छ ।’ सडकमा पहिलो चरणमा ५ सय मिली मिटर कालो पत्रे हुने र दोस्रो चरणमा पुनः त्यति नै मोटाइमा कालो पत्रे हुने उहाँले जानकारी दिनु भयो । २०८३ सालको माघ मसान्तमा सक्नु पर्ने काम भने जति अनुपातमा काम हुन नसकेको उहाँले बताउनु भयो ।
पछिल्लो समय कालोपत्रे सँगै छुट्टै प्याकेजमा ठेक्का लागेका मुख्य नदि तथा खोलाको पुल निर्माण समेत भइरहेको छ । तर पुल निर्माणको काम भने सडकको काम जस्तो तिव्र गतिमा हुन सकेको छैन । मुख्य पुल रतुवा, कन्काई र विरीङ्ग पुलको काम २३ प्रतिशत हाराहारीमा मात्र भएको छ ।


यस्तै पूर्वी नेपालमा अधिक जनावारहरु आवात जावातका लागि झापाको चालआली जंगलमा हात्तीलाई सहज हिड्ने बाटो समेत बनाइने छ । यस्तै बाँदर लगायतका बन्य जन्तुलाई माथिबाटै हिड्ने गरी संरचना निर्माण गरिने छ । १ सय २० किलो मिटर मध्ये ९५ दशमल ७६ किलो मिटर क्षेत्रमा ५ प्याकेजमा ठेक्का लगाइ धमाधम काम भइरहेको छ । साना चौक तथा स्टेशनमा सकड पार गर्ने बाटो नराखेकाले वारपार गर्न भने समस्या आउने सडक आसपास क्षेत्रका बासिन्दाले गुनासो पोखेका छन् ।


३ बर्षमा सक्ने गरी विभिन्न कम्पनिसँग ठेक्का सम्झौता भएको सडकको कामको समय सकिन अव १३ महिना बाँकी छ । तर दुई बर्ष समयमा आधा पनि काम नहुँदा भने तोकिएको समयमा सडक निर्माण सम्पन्न नहोला कि भन्ने स्थानीय बासिन्दाको चिन्ता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *