२४ माघ २०८२/झापा 

देशकै सर्वाधिक चासोको केन्द्र बनेको झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा शीर्ष नेतृत्वहरु आफ्नो निर्वाचन क्षेत्रमा भ्रमण गर्ने कार्यलाई तिव्रता दिन थालेका छन् ।  ५ दिन अघि मात्र रास्वपाका नेता बालेन्द्र शाहले मतदातासँगको भेटघाट गरे लगत्तै आज पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाता र कार्यकर्तासँग भेटघाट गरेका छन् ।
दुई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तावित उमेद्वार एउटै निर्वाचन क्षेत्रमा भिड्ने पक्का भएसँगै आफ्नो पक्षमा मतदान गराउन १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेका झापाको निर्वाचन क्षेत्र नं. ५ मा मतदाता र कार्यकर्तासँगको भेटलाई प्राथमिकता दिन थालेका हुन् ।

हिजो मात्र काठमाण्डौंबाट झापा आइपुग्नु भएका ओलीले आज आफ्नो निर्वाचन क्षेत्र नं. ५ को कमल गाउँपालिकाका विभिन्न बजार र चौकहरुको भ्रमण गर्नु भएको छ । उहाँले आजै मात्र दुई स्थानमा संचालन हुँदै आएका हिन्दु धर्मावलम्बीहरुको पुराण कार्यक्रममा सहभागी हुनु भएको छ । कार्याक्रममा सहभागी हुँदै उहाँले सवैको हित र विकास नै सर्वोपरी भएको बताउनु भयो ।५ दिन अघि मात्र रास्वपाका नेता शाहले पनि झापा क्षेत्र नं. ५ का विभिन्न क्षेत्रमा भ्रमण गरी मतदाता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए । आसन्न फाल्गुण २१ गते हुने निर्वाचनमा झापाको क्षेत्र नं. ५ बाट कसले बाजी मार्छ भन्ने विषय पछिल्लो समय सर्वाधिक चासो बनेको छ । यता निर्वाचन आयोगको निर्वाचन आचार संहिता २०८२ को दफा १३ को उपदफा १ को (म) मा फाल्गुन ३ गते यता चुनावी गतिविधि गर्न नपाइने व्यवस्था उल्लेख्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *