२५ माघ २०८२/झापा 
देशकै सर्वाधिक चासोको केन्द्र बनेको झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा चर्चामा रहेका भावी प्रधानमन्त्रीका दुई उम्मेद्वार कार्यकर्ता र मतदातासँगको भेटघाटमा व्यस्त बनेका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका नेता बालेन्द्र शाह आज आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता र मतदातासँग भेटघाटमा एकै साथ लागेका हुन् ।
भावी प्रधानमन्त्रीका दुई उम्मेद्वार गाउँगाउँ घुम्न थालेसँगै झापाको निर्वाचन क्षेत्र नं ५ चुनावमय बनेको छ ।


ओली शुकक्रार नै निर्वाचन क्षेत्रमा आएर भेटघाटलाई जोड दिन थाल्नु भएको छ भने यता शाह आज निर्वाचन क्षेत्रमा आएर भेटघाटमा जुट्नु भएको छ । ओलीले आज कमल गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगी मतदाता र कार्यकर्तासँग भेटघाट गर्नु भएको छ । यस्तै अपरान्ह दमक आइपुग्नु भएका शाहले ओलीको गृह नगर दमकको उत्तरी क्षेत्रका बासिन्दासँग चोक तथा गाउँ गाउँमा पुगेर भेट गर्नु भएको छ । शाह काठमाण्डौंबाट पहिलो पटक झापामा उम्मेद्वार दिन आएकाले हेर्ने र भेट्नेको संख्या केही बाक्लो रहेको पाइएको छ ।


दुवै उम्मेद्वारले मतदातासँग भेट्ने र फोटो खिच्ने काम गर्दै आएको भए पनि सम्बोधन र बक्तव्य दिने काम भने गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *