१७ फाल्गुण २०८२/झापा

झापाको दमक नगरपालिका वडा नं. ८ मा रहेको शिखरज्योति अंग्रेजी स्कूलका विधार्थीले विदेशको पीडालाई नृत्य मार्फत प्रदर्शन गरेर अभिभावकलाई भावुक बनाएका छन् । आज आइतबार विधालयको १७ औं बार्षिक उत्सव तथा अभिभावक दिवशको अवसरमा अभिभावकका अगाडि गरेको सुन साईली सुन साईली बोलको गीतमा जिवन्त अभिनय र नृत्य प्रस्तुत गरेर विदेशिएका नेपालीको पीडालाई पोखेका थिए ।


विधालयका संस्थापक फाउण्डर मनु पन्दाकको सभापतित्वमा भएको कार्यक्रममा विधार्थीले निर्माण गरेका विज्ञान प्रविधि तथा व्यवहारिक शीपका कला कौशल समेत विभिन्न स्टल बनाएर अभिभावकलाई देखाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका शिक्षा शाखाका अधिकृत सोमनाथ गुरागाँईंले स्थापनाकोक्रममा सानो क्षेत्रमा संचालनमा आएको विधालयले ठूलो आकार र गुणस्तर बृद्धिले विधालयको उचाई बृद्धि गरेको बताउनु भयो । उहाँले विधालयको अझै प्रगति भएको हेर्न चाहेको र त्यसका लागि आवश्यक सरसहयोग गर्न तत्पर रहेको बताउनु भयो ।


विधालयका अभिभावक तथा सामाजिक अगुवाहरुको उपस्थितिमा भएको कार्याक्रममा अभिभावकहरुबीच नृत्यको प्रस्तुती समेत गरिएको छ । यस्तै विधालयको शैशिक स्तर देखि विधार्थीको उपयोगी शीप तथा कला हेरेर अभिवावकले थप हौसल्ला प्रदान गरेकोमा विधालयकी संस्थापक पन्दाकले बताउनु भयो ।
कार्याक्रममा शिक्षकहरुले समेत आफ्नो कला प्रर्दशन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *