Screenshot

यो सन्देश कृषि ज्ञान केन्द्र, झापाद्वारा जनहितमा जारी गरिएको छ ।

https://www.facebook.com/reel/1003735562288895 
९ असार २०८३/डिकेश लामा
नेपालकै प्रमुख अन्न भण्डार मानिने झापामा जलवायु परिवर्तनको असरले कृषि उत्पादनमा ठूलो चुनौती थपिएको छ । जिल्लामा धान र मकै सहित करिब आठ लाख मेट्रिक टन अन्न उत्पादन हुँदै आएको भए पनि पछिल्ला चार बर्ष यता बाढी, असिना, हावाहुरी र बेमौसमी बर्षाका कारण बर्षेनी अर्बौं मुल्य बराबरको बाली नष्ट हुन थालेको छ ।
झापामा यस बर्ष मात्र करिब ढेड अर्व मुल्यको मकैबाली नष्ट भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गएको फागुन र चैत महिनामा परेको वेमौषमी बर्षासँगै आएको असिना र हावाहुरीले मकैवालीमा ठूलो क्षति पुर्याएको हो । यस्तै, गत बर्ष अशोज अन्तिम साता आएको बर्षा र बाढीका कारण झापाका धेरै स्थानमा धावाली नष्ट भएको थियो । पछिल्ला केही बर्ष यता यस्तो क्षति बर्षेनी दोहोरिँदै आएकाले किसानहरु मारमा पर्दै गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो ।

maize field at jhapa rural municipality 

जलवायु परिवर्तनको असर मात्र हौइन, जिल्लामा खेती योग्य जमिन पनि क्रमशः घट्दै गएको छ । करिब १० बर्ष अघि ८५ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको जिल्लामा अहिले झण्डै दस हजार हेक्टर खेती योग्य जमिन घटिसकेको छ ।
भू–उपयोग नीतिको कम्जोर कार्यान्वयन, घरजग्गा कारोवार र जलवायु परिवर्तनका कारण कृषिमा परेको असरले खाद्य सुरक्षामा चुनौती थपिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्याक्रम, कार्यक्रम कार्यन्वयन इकाइ धान सुपरजोन झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

यता दुई बर्ष देखि धानको मुल्य ओरालो लागे पछि किसानहरु समेत खेती प्रति निरुत्साहित हुन थालेका छन् । मेशिन, मल, विऊ र श्रमिकको लागत बढ्दै गए पनि उत्पादनको मूल्य सरकारले तोकेको समर्थन मूल्यभन्दा निकै कम मात्र पाएको किसानको गुनासो छ । लागत बढ्ने तर मूल्य नपाउने अवस्थाले किसानहरु खेतीबाटै विस्थापित हुने जोखिम बढेको उनीहरुको भनाइ छ ।

झापा जिल्लामा धान र मकै गरी बार्षिक २५ अर्व रुपयाँ बढी मूल्य बराबरको अन्न उत्पादन हुँदै आएको अनुमान छ । तर बेमौषमी बर्षा, असिना, हावाहुरी र बाढीका कारण निरन्तर बाली नष्ट हुन थालेपछि देशकै अन्न भण्डार मानिने झापामा समेत खाद्य सुरक्षाको चनौती बढ्दै गएको छ ।
किसानलाई बाली विमा, प्रोत्साहन अनुदान, सहज बजार, उचित समर्थन मूल्य र जलवायु अनुकूल खेती प्रणालीमा समयैमा जोड नदिए आगामी दिनमा कृषि उत्पादन अझ प्रभावित हुने कृषि विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *